कोरोनाभाइरसः संक्रमणपछि अस्पताल नै नगइ पूरै ठिक भइन् जेम्स बोन्डकी हिरोइन

SHARE:
  •  
  •  
  •  

काठमाडौं। कोरोनाभाइरससँग जुधिरहेकी जेम्स बोन्ड अभिनेत्री ओल्गा कुरिलेन्को पूर्ण रुपमा ठिक भएकी छिन् । उनी आफैंले आफू पूर्ण रुपमा स्वस्थ भएको जानकारी दिएकी हुन् । ओल्गाले इन्स्टाग्राममा पोस्ट गर्दै यसको जानकारी दिएकी हुन् । उनले १५ मार्चमा सामाजिक संजालबाटै आफू संक्रमित भएको जानकारी दिएकी थिइन् ।

ओल्गा कुरिलेंकोका अनुसार संक्रमित भएको पुष्टि भएपछि उनी अस्पताल पनि गइनन् । आइसोलेसनमा रहेकी ओल्गाले बेलाबेलामा आफ्नो स्वास्थ्यको जानकारी दिइरहेकी थिइन् ।पछिल्लो पोस्टमा उनले लेखेकी छिन् ‘म पूर्ण रुपमा ठिक भइसकेकी छु ।

एक हप्तासम्म मलाई निकै गाह्रो भयो किनकि म तेज ज्वरो र टाउको दुखाइका कारण बेडमै थिएँ । दोस्रो हप्ता मेरो ज्वरो हट्यो । तर हल्का कफ र थकान लागिरहेको थियो ।’उनका अनुसार दोस्रो हप्ताको अन्त्यसम्म उनी पूर्ण रुपमा ठिक भइन् । धेरै हदसम्म कफबाट पनि राहत पाइसकेकी छिन् ।

अहिले उनले आफ्ना छोराको साथमा समय बिताइरहेको बताएकी छिन् । उनले आफ्ना फ्यानलाई पनि धन्यवाद दिउकी छिन् । ४० वर्षीया ओल्गा टम क्रुजँग फिल्म ‘अब्लिभियन’ र २००७ मा आएको फिल्म हिटम्यानमा अहम भूमिका निभाइसकेकी छिन् । उनले हालै ‘द बे अफ साइलेन्स’ को काम पूरा गरेकी छिन् । ओल्गा अभिनेत्रीका साथै लेखिका र निर्मात्री पनि हुन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु