स्थानीय तहले बाडेको राहतकाे चामल ढुसी आएर कालो, सडेको चामल कुखुरा र सुँगरलाई कुँडो !

SHARE:
  •  
  •  
  •  

तनहुँ, तनहुँको एक स्थनीय तहले वितरण गरेको राहतको चामल सडेको भेटिएको छ । चामलमा ढुसी आएर रंग समेत कालो भएको र अमिलो गन्ध समेत आइसकेको गुनासाे स्थानीयले गरेका छन् ।चामललाई ३-४ पटक धुँदा पनि कालो नगएको भन्दै १-२ छाक पकाएर खाँदा स्वादै अर्कै आएकाले कुखुरा र सुँगरलाई कुँडो बनाएर खुवाउन थालिएको स्थानीय रेशम विकले बताउनुभयो ।तनहुँको बन्दिपुर गाउँपालिका वडा नं. ५ ले कल्चोक क्षेत्रका केहि घरपरिवारलाई वितरण गरेको चामलमा त्यस्तो देखिएको हो ।

यसै विषमा गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले उक्त वडामा राहत वितरणका लागि वडालाई नै जिम्मा लगाईएकाले लापरवाही गर्नेलाई कारबाही गर्ने बताउनुभयो ।आफूले वडा सदस्यलाई सो क्षेत्रमा राहत वितरण गर्न जिम्मेवारी दिएकोले चामल कस्तो पर्यो थाहा नभएको भन्दै सडे गलेको चामल बिक्री गर्ने थोक बिक्रेतालाई कारबाही गर्ने वडा अध्यक्ष ध्रुवप्रसाद लामिछानेले बताउनुभयो ।साथै उक्त चामल फिर्ता गरी आजै अर्को चामल वितरण गरिने समेत उहाँले जानकारी दिनुभयो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु