डेभिड बेकह्याम भन्छन् : ‘ रोनाल्डोभन्दा मेसी उत्कृष्ट ‘

SHARE:
  •  
  •  
  •  

एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र स्पेनिस क्लब रियल म्याड्रिडका लिजेन्ड डेभिड बेकह्यामले क्रिस्टियानो रोनाल्डोभन्दा लिओनल मेसी उत्कृष्ट रहेको प्रतिक्रिया दिएका छन्। मेसीको स्तर रोनाल्डोको स्तर माथि भएको बेकह्यामको दाबी छ।

इंग्ल्यान्डका पूर्व कप्तान बेकह्यामले म्यानचेस्टर युनाइटेडमा लगाएको ७ नम्बरको जर्सी रोनाल्डोले लगाएका थिए। यस्तै रियल म्याड्रिडमा पनि रोनाल्डोले बेकह्यामको पूर्ति गराएका थिए। तर पनि आफ्नो नजरमा मेसी उत्कृष्ट रहेको बताए।

‘मेसी उनको स्तरका एक्ला खेलाडी हुन्। उनी जस्तै अर्का खेलाडी हुन असम्भव छ,’ बेकह्यामले स्पेनिस मिडिया टेलमसँग कुरा गर्दै भनेका छन्। ‘क्रिस्टियानो रोनाल्डो मेसीको स्तरमा छैनन्। रोनाल्डो र मेसी सबै खेलाडी भन्दा स्तरिय छन्।’

“मेसी क्लासिक खेलाडी हुन् । उनको खेल खेल्ने तरिका विश्व फुटबलमा सायदै कमै खेलाडीमा देखिन्छ होला । मैलै मेसीविरुद्ध पनि खेलेको छु । मेसीविरुद्ध पीएसजीका लागि खेलेको थिए । त्यो समय मेसीले उत्कृष्ट खेल खेलेका थिए । मेस्सीलाई उत्कृष्ट खेलाडीका रूपमा लिन्छु । यसको मतलब रोनाल्डो राम्रो खेलाडी होइनन् भन्ने पनि होइन,” बेकह्यामले भने ।

Comments

comments

सम्बन्धित शीर्षकहरु