कोरिया फर्कन चाहने कामदारले टेकुमा स्वास्थ्य परीक्षण गराउनुपर्ने

SHARE:
  •  
  •  
  •  

काठमाडौं । वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले दक्षिण कोरिया काममा फर्कन चाहने कामदारले स्वास्थ्य प’रीक्षण गराउन सूचना जारी गरेको छ । शाखाले स्वास्थ्य सेवा विभाग टेकुमा गएर स्वास्थ्य परी क्षण गराउन कामदारलाई अनुरोध गरेको छ ।

शाखाले आज एकसूचना जारी गर्दै ईपीएस प्रणाली अन्तर्गत दक्षिण कोरियामा काम गर्न जाने अनुमति प्राप्त वैध प्रवेषाज्ञा भएका हाल विदामा नेपाल रहेका कामदारलाई उक्त कुरा जानकारी गराएको खबर गाेरखापत्र दैनिकमा छ। निज व्यक्ति स्वास्थ्य परीक्षण गराई आफ्नै खर्चमा चार्टड उडानबाट कोरिया जान स्वीकृति दिने नेपाल सरकारले निर्णय गरिसकेको छ ।

बिदामा घर आएका र यही समयमा कोरिया फर्कन चाहनेलाई मन्त्रालयले स्वास्थ्य सेवा विभाग टेकुमा गएर स्वास्थ्य प’रीक्षण गर्न भनेको हो । सरकारले बिदामा नेपालमा रहेका श्रमिकले स्वेच्छाले आफ्नो काममा फर्कन चाहेमा स्वास्थ्य परीक्षण गराई आफ्नै खर्चमा कोरिया जान अनुमति दिने निर्णय गरेको थियो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु