किन लगाउनुहुन्न कसिलो लुगा ? कसिला लुगा लगाउदा यस्तो असर गर्छ

SHARE:
  •  
  •  
  •  

एजेन्सी । कसिलो जिन्स पाइन्ट र टिर्सट प्रायको रोजाईको फेसन होला तर यसले खुट्टा सुनाउने देखि स्वास्थ्यसम्बन्धि अन्य गम्भीर समस्या निम्त्याउने सक्ने विज्ञहरु बताउँदै आएका छन् । कसिला टिर्सट, पेन्सिल स्कर्ट, ब्रा, जिन्स पाइन्ट र घाटीको टाई लगाउदा नसासम्बन्धि समस्यादेखि क्यान्सर हुने हुने विज्ञहरुको भनाई छ ।

कसिला लुगा लगाउदाका बेफाइदा : नसा दबिनेः कसिला जिन्स पाइन्टले नशाको रक्त प्रवाहमा असर गर्ने भएकोले महिलाको तिग्रामा पीडा बढाउँछ । विशेष गरी महिलाको पेल्भिक क्षेत्रमा यसले असर गर्छ । कसिलो लुगाले तिग्राको वरपर र पछाडिको भागमा भतभती पोल्छ । यसले नशामा समेत असर गर्छ ।

स्पाइन र माशंपेशीमा असन्तुलन : टाइट पाइन्ट र स्कर्टले मांशपेशी र जोर्नीमा असर गर्छ । सामान्यतया केही समय झुक्दा र बस्दा कसिलो पाइन्टले असर नदेखिन सक्छ । तर लामो समयसम्म यस्ता लुगा लगाई हिँडडुल गर्दा दीर्घकालिन रुपमा नै हिपलाई असर गर्न सक्छ । एक जर्मन अध्ययन अनुसार कसिलो ट्राउजर अग्ला हिलले जोनीसम्बन्धि रोग लाग्ने गर्छ ।

घाँटीमा दखाई : पुरुषले लगाउने कसिलो घाँटीको टाईले लामो समयसम्म घाटीमा दुखाई हुनेदेखि मांशपेशीका नशा दुख्ने गर्छ । ब्रोजिक इट अलले गरेको एक अध्ययन अनुसार कसिलो घाटीले आँखा दुख्नुका साथै ग्लुकोमा रोग लाग्ने गर्छ । लामो समयसम्म कसिलो टाइ लगाउनेमा घाटी वरपरको नसामा बढी संवेदना बढाउँछ ।

गम्भीर रोगका ८ संकेत

सुख्खा नङ : स्वस्थ नङका लागि हड्डी पनि स्वस्थ हुनु आवश्यक हुन्छ । यदि शरीरमा क्याल्सियम वा म्याग्नेसियमको कमी छ भने नङ पनि सुख्खा हुन्छ । त्यसकारण नङ सुख्खा भएको छ भने गम्भीर बिरामीको संकेतका रुपमा लिनुपर्छ ।

पिसाबमा रगत आउनु : पिसाबमा यदि रगत देखिन्छ भने गम्भीर बिरामीको संकेतका रुपमा लिनुपर्छ । पिसाबमा रगत आउनु प्रोस्टेट क्यान्सर या प्रोस्टेट वृद्धिको संकेत हुन सक्छ । यसका अलावा मूत्राशय वा मिर्गौलाको क्यान्सर या पत्थरीका कारण पनि यस्तो हुन सक्छ । मिर्गौलाको रोग या कुनै चोटका कारण पनि पिसाबबाट रगत आउन सक्छ ।

लगातार कम्मर दुखाई : लगातार कम्मर दुखाई मिर्गौलाको रोग या खराबीको कारण हुन सक्छ । यद्यपि सधैं यस्तो भने हुँदैंन । विशेषज्ञका अनुसार कम्मर दुख्ने व्यक्तिहरुमा १० जनामा एकजनामा मिर्गौलाको पत्थरी हुन्छ ।

धेरै पसीना आउनु या शरीर सुन्निनु : धेरै पसीना आउनु या शरीर सुन्निनु थाइराइडको संकेत हुन सक्छ । अक्सर शरीरमा मेटाबोलिजमको दर धेरै बढ्यो भने कि धेरै पसीना आउछ या कि पसीना नै आउन बन्द हुन्छ । कतिपय अवस्थामा पसीनाका साथै बेचैनी पनि बढ्छ । यसका अलावा शरीरका केही भाग जस्तै, अनुहार, आँखा, औंला आदि सुन्निन्छ भने थाइराइडको संकेत हुन सक्छ ।

बंगारा दुख्नु : कहिलेकाही लामो समयसम्म चुइङगम चपाउनाले बंगारामा दुखाई हुन्छ । तर, कहिलेकाही यो हृदयाघातको संकेत पनि हुन सक्छ । यद्यपि यस्तो संकेत देखिनेबित्तिकै डाक्टरसंग सल्लाह लिने समय पाइन्छ ।

मुख गन्हाउनु : ब्रस गरेपछि पनि मुख गन्हाउन छाडेन भने फोक्सोको समस्याको कारण हुन सक्छ । फोक्सोको रोग, दम, सिस्टिक फाइब्रोसिस आदि समस्यामा उच्च अम्लीय गन्हाउने समस्या हुन्छ । गन्ध जति अम्लीय हुन्छ, उति गम्भीर बिरामीको समस्या हुन्छ ।

पेट दुख्नु : पेट दुख्नु झन् गम्भीर रोगका संकेत हुन सक्छन् । कलेजोमा खराबी, मिर्गौला, कोलाइटिस अल्सर हुन सक्छ । यदि पेट फुल्यो भने अल्सर फुट्ने संकेत हुन सक्छ ।

जिब्रो लर्बराउनु : यदि शरीर कमजोर हुनुका साथै जिब्रो पनि लर्बराउँछ भने प्यारालाइसिसको लक्षण हुन सक्छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु