Breaking: फेरी थपिए ९ जना कोरोना संक्रमित, संक्रमितको संख्या ३०४ पुग्यो

SHARE:
  •  
  •  
  •  

काठमान्डौ , नेपालमा कोरोना संक्रमितको संख्या ३०४ पुगेको छ ।स्वास्थ्य मन्त्रालयको अध्यावधिक विवरण अनुसार कोभिड-१९ का पुष्टी भएकाहरूको जम्मा संख्या ३०४ पुगेको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परिक्षण अनुसार नयाँ पुष्टी भएको संख्या नौ (९) छ । जो रौतहट, इशनाथ न.पा. – २, ३ ६ र ९ निवासी २१, २१ २३, २५, २५, २९, ३० बर्षीय पुरुषहरू र रौतहट माधवनारायण न. पा.-३ निवासी २८ बर्षीय महिला हुनुहुन्छ; बारा, करैयामाई-५ निवासी ३८ बर्षीय पुरुष हुनुहुन्छ ।

हाल सम्म प्राप्त विवरण अनुसार उहाँहरूको स्वास्थ्य अवस्था सामान्य छ र उहाँहरू स्वास्थ्यकर्मीको सम्पर्कमा हुनुहुन्छ । नेपालमा हालसम्म कोरोना संक्रमण भएका ३६ जना कोरोना संक्रमित निको भई घर फर्किसकेका छन् । त्यस्तै हिजो र अस्ति गरि दुई जना संक्रमितले ज्यान गुमाएका छन ।

Comments

comments

सम्बन्धित शीर्षकहरु