सोनिकाका बुवा पहिलो पटक मिडियामा, वझागंमा गर्छन यस्तो अचम्मको काम (भिडियो हेर्नुस्)

SHARE:
  •  
  •  
  •  

काठमाडौं । बझागंको माझिगाउँ युट्युवर तथा मोडल सोनिका रोकायको गाउँ हो । उनी काठमाडौंमा आएर आफ्नो अध्ययन गरिन् अनि आफ्नो ब्यवसायीक जिवन पनि काठमाडौंमै सुरु गरिन् । युट्युवर बन्दा उनी पुजावाट सोनिका बनिन् । सोनिकाको नामवाट युट्युवर बनेकी सोनिका निकै विवादित थिइन् । उनले निर्माण गरेका भिडियो सामग्री दुईअर्थि दिने खालका थिए । त्यसैले पनि उनका ति कार्यक्रम चर्चीत त हुन्थे तर विवादित पनि ।

तर अहिले उनी आफ्नो त्यो रुपवाट आफुलाई परिमार्जन गरेकी छन् । उनका कार्यक्रमहरु अहिले त्यस्ता हुँदैनन् । उनी वझागंमा जन्मिएर काठमाडौंमा पढेर, हुर्किएर काठमाडौंमै ब्यवसायमा रमाएकी सोनिका अहिले मुलुकमा लकडाउनको घोषणा भएसंगै अहिले आफ्नो जनघर पुगेकी छन् । परिवारका सदस्यसंग रमाइरहेकी छन् । गाउँका युवाहरुसंग रमाउँदै भिडियो सार्वजनिक गरेकी छन् । वझागंका रमणीय दृष्य देखाउँदै रमाइलो समय बिताइरहेकी सोनिकाका विषयमा काठमाडौंमा भने विभिन्न नकारात्मक टिप्पणी भए ।

वर्मा गए पनि कर्म संगै भनेजस्तै सोनिकालाई पनि त्यस्तै भयो । लकडाउनको समयमा अप्ठेरामा परेकाहरुलाई सहयोग गर्दै जन्घघर पुगेकी सोनिकालाई एउटा न्युज प्रोटलले पूर्वयुवराज पारसको पैसा चोरेको भन्ने आरोप सहितको समाचार सार्वजनिक गरेपछि उनी फेरी चर्चामा आइन् । उनले अहिले त्यो विषयको खण्डन गरेकी छन् । उनले अहिले आफ्ना परिवारका सदस्य र गाउँघरको परिवेशका बारेमा भिडियो सार्वजनिक गरेकी छन् । उनले आफ्नो जन्मठाउँले आफुलाई निकै गर्वको महशुष गराउने बताएकी छन् । उनले आफ्नो आमालाई यसअघि नै सार्वजनिक गरेकी थिइन् ।

आज भने उनले आफ्नो वुवालाई पनि सार्वजनिक गरेकी छन् । उनको वुवा वझागंमै खेती किसानी गर्छन । उनले आफ्नो वुवाले वझागंमा गरेको खेती किसानीको वारेमा पनि बताएकी छन् । प्राकृतिक रुपले अति सुन्दर वझागंमा उनको वुवाले गरेको कृषी पनि पशंसा गर्न योग्य छ । आफ्नै हातले निर्माण गरेको वाटो, नहर र उत्पादन सार्वजनिक गर्दै उनले आफुले पनि वुवालाई ब्यवसायको बारेमा सुझाव दिने गरेको बताएकी छन् । वुवाले गरेको मौरी पालन, केरा खेती, माछा पालन लगायतका अन्य कृषीमा उनको वुवाले गरेको पौरख सार्वजनिक गर्दै उनले निकै गर्व महशुष गर्ने बताएकी छन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु