भारतलाई चिढ्याउने नेपाल सरकारको गतिविधि ठीक छैनः बाबुराम भट्टराई

SHARE:
  •  
  •  
  •  

काठमाडौं, पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले कोरोनापछिको नेपालको अर्थतन्त्र सुधार गरेर लैजान भारतसँगको सम्बन्ध सुधार गरेर लैजानु पर्ने बताएका छन् ।नेपाल उद्योग परिसंघले आयोजना गरेको छलफल कार्यक्रममा पूर्वअर्थमन्त्री समेत रहेको डा.भट्टराईले नेपालले भारतसँगको सम्बन्ध राम्रो बनाएर लगेको खण्डमा लगानी समेत भित्रन सक्ने बताए । उनले भारतलाई चिढ्याउने सरकारको नीति ठीक नभएको बताए ।‘पछिल्लो समयमा सरकारका अभिव्यक्ति चित्त बुझ्दा छैन, अब सरकारले भारतसँग र चीन सँगको सम्बन्धलाई पनि समान रुपमा लैजान सकियो भने विदेशी लगानी भित्रन सक्छ,’ उनले भने ।

आगामी दिनमा इकोनोमी पावर हाउस भारततर्फ फर्कन लागेकोले अब यसलाई सरकारले चूनौती वा अवसर के को रुपमा सोच्ने हो त्यो सोची हाल्नुपर्ने बताए ।अहिले नेपाल न्यारोनिजम तिर जान खोजेको भन्दै देशको जटिल भूराजनीति र प्रचुर सम्भावना भए पनि साँधुरो र संक्रिण चिन्ताले तत्काल समस्याको समाधान खोज्न सकिने बताए । भारत र चीनसँग राम्रो सम्बन्ध विकास गर्न सकेको खण्डमा अवसर आउँछ ।‘केही समय यताका हाम्रा गतिविधि, सरकारको नेतृत्व गरिरहेको व्यक्तिहरुको कृयाकलापले त्यो अवसरलाई झन गुमाउने र त्रासदी थप्ने सम्भावना मैले देखेको छु,’ उनले भने ।उनले सरकार अब कोरोनापछिको पुनसंरचनामा लाग्नु पर्ने बताए ।

Comments

comments

सम्बन्धित शीर्षकहरु