तपश्वी बमजनविरुद्ध प्रहरीमा फेरी पर्‍यो अर्को उजुरी ! अर्की महिला बेपत्ता पारेको आरोप

SHARE:
  • 14
  •  
  •  
    14
    Shares

काठमाडौं,२ माघ। तपश्वी रामबहादुर बमजनविरुद्ध छोरी वेपत्ता पारेको भन्दै फेरि प्रहरीमा अर्को जाहेरी पनि परेको छ । सर्लाहीको बागमती–१२ की २९ वर्षीया रिता बोट (माझी) बेपत्ता भएको भन्दै परिवारले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको हो ।

जिल्ला प्रहरी प्रमुख एसपी पोषराज पोखरेलले आश्रमबाट बेपत्ता भएको भन्दै आमा सुम्नीले जाहेरी दिएको पुष्टि गरेका छन । जाहेरीमाथि अनुसन्धान भइरहेको एसपी पोखरेलले जानकारी दिएका छन् ।

२०६६ मंसिरमा रिता बमजनलाई लिएर काजीराम टोलस्थित आफ्नो घर गएकी थिइन् । आँगनसँगै जोडिएका दुईमध्ये एउटा घरको माथिल्लो तलामा बमजन र आफ्नी छोरी रिता एक महिनासम्म बसेको सुम्निले बताएकी छन् ।

एक महिना जति बसेर गएको तीन महिनापछि रिता एक्लै घर आएको उनले जानकारी दिएकी छन् । बमजनको आश्रमबाट वेपत्ता भएको भन्दै यसअघि दुई जना आनी र दुई अनुयायी बाराका सुरेस आलेमगर र मकवानपुरका सञ्चलाल वाइबा बेपत्ता भएको भन्दै उजुरी परेको थियो ।

युवक हत्या अभियोगमा दुई पक्राउ

गत शनिबार बाँकेको कोहलपुरमा युवक हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले दुईलाई पक्राउ गरेको छ । पक्राउ गर्ने क्रममा प्रहरीको गोलीबाट एक जना घाइते भएका छन् ।

घटनाका सहयोगी भएको अभियोगमा राप्ती सोनारी गाउँपालिका बाँके स्थायी घर भएका युवराज गिरीलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोलीसमेत चलाएको छ ।

गिरीलाई आज बिहान करीब ११ बजे बर्दियाको मधुवन नगरपालिका–३ बाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय बाँके, इलाका प्रहरी कार्यालय कोहलपुर र जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको विशेष प्रहरी टोलीले गिरीलाई नियन्त्रणमा लिन खोज्दा गोली हानहानसमेत भएको बताइएको छ ।

गिरीको बायाँ खुट्टामा गोली लागेको छ । हत्यामा संलग्न मुख्य योजनाकार भरत शाहीलाई गए राति सुर्खेतको पलाँटे बजारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मुख्य योजनकार शाहीले दीपक सिंहलाई ‘प्रहरीमा जागिर लगाइदिन्छु’ भन्दै रु डेढ लाख लिएको र जागिर लगाउन नसकेपछि पैसा माग्ने क्रममा विवाद भएको थियो ।

सो विवादपछि भरतले युवराज गिरीको सहयोगमा सिंहलाई धारिलो हतियार गरी घाँटी रेटेर बीभत्स तरिकाले हत्या भएको अनुसन्धानबाट खुलेको छ । गत पुस २६ गते प्रहरी परीक्षामा सहभागी हुनआएका सुर्खेत सिम्ता गाउँपालिकाका दीपक सिंहको कोहलपुरमा घाँटी रेटेर हत्या भएको थियो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु