करेन्ट लागेर हात-खुट्टा गुमाएका ओलीलाई आर्थिक सहयोगको ओइरो

SHARE:
  • 176
  •  
  •  
    176
    Shares

काठमाडौं । विद्युतीय करेन्ट लागेर दुई हात र एक खुट्टा गुमाएका रुकमका कृष्ण ओलीलाई दक्षिण कोरियामा कार्यरत नेपालीहरुले १३ लाख ४६ हजार आर्थिक सहयोग गरेका छन् ।

शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी ‘कृष्ण ओली सहयोग अभियान दक्षिण कोरिया’ले सहयोगबापत संकल्न गरेको सो रकम विद्युतीय करेन्टका कारण दुई हात र एक खुट्टा गुमाएका ओलीलाई हस्तान्तरण गरिएको हो ।

दक्षिण कोरियामा काम गर्दै आएका गूरुदत्त न्यौपाने, मिन विश्वकर्मा, कृश गुल्मेली बाबु, सुन्दरबाबु श्रेष्ठलगायतका अभियन्ताहरुले सो सहयोग रकम जम्मा गरेर पीडित ओलीलाई सहयोग गरेका हुन ।

कार्यक्रममा अन्नपूर्ण मिडिया ग्रुपले पनि ओलीलाई एक लाख ५४ हजार आर्थिक सहायता उपलब्ध गराएको छ । कार्यक्रममा बोल्दै ओलीले आफूलाई आर्थिक सहायता गर्नेहरुप्रति अभार व्यक्त गरे । उनले त्यस अवसरमा विद्युत र विद्युतीय जोखिमबाट बच्न पनि सबैलाई सचेत गराए ।

विद्युतीय करेन्टबाट दुवै हात र एउटा खुट्टा गुमाएका उनलाई अमेरिकालगायतका देशमा रहेका नेपालीहरुले पनि आर्थिक सहयोग गर्दैै आएका छन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु