अाजको खेल सुरु हुनु अगाडिनै सन्दिपको दिल्लीलाई लाग्यो यति ठूलो झड्का

SHARE:
  • 3K
  •  
  •  
    3K
    Shares

नयाँ दिल्ली । जारी आइपिएल खेलमा दिल्ली क्यापिटललाई ठूलो झडका लागेको छ । नेपाली खेलाडी सन्दीप लामिछानेले समेत खेल्दै आएको दिल्ली क्यापिटलले आज कोलकत्ता नाइट राइडरसँग खेल्ने तय भएको अवस्थामा अलराउण्डरको भूमिका निर्वाह गर्ने खेलाडी हर्षल पटेल बाहिरिएका हुन ।

चोट लागेका कारण अब हर्षलले यो आइपिएल खेल्न पाउने छैनन । यो आइपिएलमा हर्षलले उत्कृष्ट प्रदर्शन गरेका छन् । यसअघि किंग्स एलेभन पञ्जाबका विरुद्ध खेल्दै गरेको बेला हर्षल पटेलको दायाँ हातमा चोट लागेको थियो । यही चोटका कारण बाँकी खेल खेल्न नसक्ने अवस्थामा उनी पुगेका हुन ।

दिल्ली क्यापिटलको अहिलेसम्मको यात्रा मिश्रित रहेको छ । अहिलेसम्म खेलेका ६ खेलमा दिल्लीले तीन खेल जितेको छ । कोलकत्ता नाइट राइडर्सपछि दिल्लीले आइतबार सनराइजर्स हैदराबादसँग खेल्ने तालिका छ । प्लेअफमा स्थान बनाउन दिल्लीले यी दुबै खेल जित्नु पर्नेछ । यस वर्ष सन्दीपले उत्कृष्ट प्रदर्शन गरेका छन् ।

कोलकाता: दिनेश कार्तिक (कप्तान), सुनील नरेन, आंद्रे रसेल, कार्लोस ब्रैथवेट, जो डेनली, लॉकी फग्र्यूसन, क्रिस लिन, रॉबिन उथप्पा, हैरी गर्नले, कुलदीप यादव, पीयूष चावला, नीतीश राणा, संदीप वॉरियर, केसी करियप्पा, शुभमन गिल, श्रीकांत मुंधे, निखिल नाइक, पृथ्वी राज र प्रसिद्ध कृष्णा.

दिल्ली: श्रेयस अय्यर (कप्तान), ऋषभ पंत (विकेटकीपर), पृथ्वी शॉ, अमित मिश्रा, अवेश खान, हर्षल पटेल, राहुल तेवतिया, जयंत यादव, मनजोत कालरा, कॉलिन मुनरो, क्रिस मौरिस, कगिसो रबादा, संदीप लामिछाने, ट्रेंट बाउल्ट, शिखर धवन, हनुमा विहारी, अक्षर पटेल, ईशांत शर्मा, अंकुश बैंस, नाथू सिंह, कोलिन इंग्राम, शेरफेन रदरफोर्ड, कीमो पॉल, जलज सक्सेना, बंडारू अयप्पा.

Comments

comments

सम्बन्धित शीर्षकहरु