सर्वोच्च अदालतले सकारलाई भन्यो : ‘पब्जीमाथिको प्रतिबन्ध तुरुन्त हटाउ’

SHARE:
  •  
  •  
  •  

काठमाडौं । नेपालमा पब्जी प्रतिवन्ध कार्यान्वयनमा नआउने भएको छ । शुक्रबार सर्वाेच्च अदालतले पब्जी प्रतिबन्ध लगाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेपछि पब्जी यथाशिघ्र प्रतिवन्ध नहुुने भएको हो ।

शुक्रबार न्यायाधीस ईश्वर खतिवडाको ईजलासले पब्जी प्रतिवन्धको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । पब्जी प्रतिबन्ध लगाउँदा इन्टरनेट प्रयोग र अभिव्यक्ति स्वतन्त्रताको मौलिक अधिकार हनन भएको भन्दै त्यसलाई बदर गर्न माग गरी अधिवक्ता प्रवीण सुवेदीसहित ६ जनाले सर्वोच्चमा वैशाख ३ गते रिट दायर गरेका थिए । शुक्रबार रिट निवेदकको पक्षबाट अधिवक्ताहरु प्रविण सुवेदी, विकास थापा, अनुराग सुवेदी, आवेश अधिकारी र रितेश पौडेलले बहस गरेका थिए ।

केहि दिन अघिमात्रै काठमाडौं अदालतकै आदेशमा नेपाल प्रहरीले पब्जीलाई प्रतिवन्ध गर्न नेपाल दूरसंचार प्राधिकरणलाई निर्देशन दिएको थियो । सोही अनुसार प्राधिकरणले पनि सबै ईन्टरनेट सेवाप्रदायकलाई पब्जी सर्भरबाट रोक्न सर्कुलर जारी गरेको थियो ।

बालबालिका तथा युवापुस्तामा नकारात्मक असर परेको तथा विकृती फैलाएको भन्दै काठमाडौं अदालतमा आएका निवेदन अनुसार अदालतले नेपाल प्रहरीलाई उक्त अनलाईन गेम बन्द गर्न आदेश दिएको हो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु