नेपाली विद्यार्थीका लागि अष्ट्रेलिया अध्यागमनको नयाँ नियम

SHARE:
  •  
  •  
  •  

काठमाडौँ : अष्ट्रेलियाको अध्यागमन विभागले प्राविधिक शिक्षा अध्ययन गर्न आउने नेपाली विद्यार्थीहरुका लागि नयाँ नियमको घोषणा गरेको छ । नेपाली विद्यार्थीहरुलाई मात्र लक्षित गरेर पहिलोपटक अष्ट्रेलियाली सरकारले नियम जारी गरेको हो । जारी नयाँ नियम यही मे १ देखि लागू भएको जनाएको छ ।

अष्ट्रेलियाको गृह मन्त्रालयले जारी गरेको सूचना अनुसार प्राविधिक शिक्षा अध्ययन गर्न आउने विद्यार्थीहरुले अंग्रेजी तथा आफ्नो आर्थिक क्षमताको सबै विवरणहरु पूर्ण रुपमा पेश गर्नुपर्ने भएको छ । यस पहिले यसलाई अनिवार्य गरिएको थिएन । अष्ट्रेलियामा अध्ययन गर्न आउने नेपाली विद्यार्थीहरुको संख्या अत्यधिक रहेको भन्दै विद्यार्थी संख्या वृद्धिलाई दिगो र विद्यार्थीहरुको भविष्यलाई सुरक्षित राख्नका लागि यो नियम लागू गरिएको सूचनामा जनाएको छ ।

प्राविधिक शिक्षा अन्तर्गत एडभान्स डिप्लोमा, डिप्लोमा, विभिन्न विषयका सर्टिफिकेट तीन र चार लगायतका प्राविधिक तहका विषयहरु पर्दछन् । जारी गरिएको सूचनामा नेपाल विश्वको ४७ औं ठूलो जनसंख्या भएको देश भएपनि अष्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीहरुको संख्यामा तेस्रो रहेको उल्लेख गरिएको छ ।

प्राविधिक शिक्षामा अध्ययन गर्न आउने विद्यार्थीहरुलाई मात्र लक्षित गरिएको यो परिवर्तनले उच्च शिक्षा (ब्यालर्स, मास्टर्स र सो भन्दा माथिका) विषय अध्ययन गर्न आउने विद्यार्थीहरुलाई भने असर नगर्ने समेत जनाएको छ । पछिल्लो समयमा नेपालीहरु नर्सिङ, एकाउन्टिङ, बिजनेस लगायतका डिप्लोमा तहका विषयहरु अध्ययन गर्न जाने क्रम बढेको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु