बेलायतमा रहेका प्रेमीसँगको सेक्स क्लिप बाहिरिएपछि यी युवतीलाई यस्तो तनाब…

SHARE:
  •  
  •  
  •  

काठमाडौं । प्रेमिका छाडेर आयुष बेलायत जानुपर्यो । डेढ वर्ष भइसकेको थियो, सरितासँग उनको मनसँगै देह साटिएको । भौतिक रुपमा टाढा भए पनि मानसिक रुपमा दुवै नजिक थिए । शरीर न हो, यौन सुख खोज्यो नै । दुवैले यौन सुख मेट्न भिडियो च्याटको सहारा लिए । आयुष आग्रह गर्थे, ‘सबै कपडा खोल न ।’ उनी राजी हुन्थिन् । उता आयुष उत्तेजित हुन्थे, यता सरिता ।

दुवै लामो समय रमाइरहे । मोबाइल क्यामराको सहाराले अन्तरंग दृश्यको सेल्फी खिचिरहे, एकअर्कालाई साटिरहे । वेब क्यामराका अगाडि नेपालमा रहेकी सरिता निर्धक्क सर्वाङ्ग बनिदिन्थिन् । युकेमा रहेका प्रेमी सेक्सिलो नजरले हेरिरहन्थे क्लिपहरु । उनीहरुले आफ्ना लागि खिचेका थिए सेल्फी । कहिल्यै सोचेनन्, आफ्ना लागि खिचेका यस्ता सामग्री सार्वजनिक पनि हुन सक्छन् । सेल्फी सुट आफ्नैलागि घातक होला भन्ने उनीहरुको कल्पनै थिएन । तर अकल्पनीय नै भयो ।

केही महिनामै आयुषलाई सरितामाथि शंका लाग्न थाल्यो । प्रेमिका अर्कै केटासँग हिँडेको भन्दै झगडा सुरु भयो । पाँच महिनामै ब्रेक अप भयो दुवैको । अनि सुरु भयो सरिताका काला दिन । उनको नाम गरेको फेसबुक पेजमा तिनै तस्बिर र भिडियो क्लिपहरु आउन थाले । उनी हुत्तिँदै महानगरीय प्रहरी अपराध महाशाखाको साइबर सेलमा पुगिन् । प्रहरीको सहयोगमा एउटा फेसबुक पेज निस्क्रिय त भयो तर रोकिएन । नयाँ–नयाँ पेज बनिरहे ।

महाशाखाका प्रहरीले इन्टरपोलमार्फत बेलायतको प्रहरीलाई घटनाबारे पत्राचार पनि ग¥यो । तैपनि समस्या सुल्झिएन । उताको प्रहरीले जवाफमा पीडितलाई यतै उजुरी दिन पठाउनु भन्यो तर निवेदन दिनकै लागि सरिता युके कसरी जानु !

उनको नाममा फेक फेसबुक अकाउन्ट बन्ने र बन्द हुने क्रम अझै जारी छ । ‘दुई वर्ष भयो केटाले नयाँ–नयाँ आइडी खोलेर न्याकेड फोटो र भिडियो हाल्देको हाल्दै छ, एउटा ब्लक ग¥यो अर्को खोलिहाल्छ,’ अपराध महाशाखाको साइबर सेलमा कार्यरत सब इन्सपेक्टर राजेश महर्जनले भने, ‘यता पीडित युवती दिनदिनै फोन गर्छिन् । म त मरौँ जस्तो भइसक्यो भन्छिन् । हामी उताबाट केटा यता झिकाउने प्रयत्न गरिरहेका छाँै तर सकिरहेका छैनौं ।’

पहिला सहरी क्षेत्रमा पोर्न मुभी भिसिआर क्यासेटको आकारमा भित्रन्थ्यो । प्रविधिको विस्तार र सहजतासँगै यो कहिले फ्लपीमा आउन थाल्यो, कहिले भिसिडी प्लेयरको आकारमा त कहिले पेन ड्राइभमा । वल्र्ड वाइड वेभ (डब्लुडब्लुडब्लु)को विकाससँगै सिग्नलको माध्यमबाट सबको हातहातमा सहजै पुग्यो यौन दृश्य ।

हिजो त अरुका उत्पादन हुन्थे र हेरेर रमाइलो लिन्थे । हिजोआज इन्टरनेटका सामान्य प्रयोगकर्ता आफैँ उत्पादन गर्न थाले । कसैले शौखमा, कसैले व्यावसायिक रुपमै । फेसबुक, इमो, स्काइप, भाइबर, ह्वाट्स एपमार्फत विश्वको जुनसुकै कुनामा रहेकाहरुको कोठासम्म सहजै पुग्न थाले ती दृश्य ।

महानगरीय प्रहरी अपराध महाशाखाको साइबर सेलमा आएको अर्को एक घटना पढौँ । तीन महिनाअघि महाशाखाको साइबर सेलमा आइन्, सृष्टि । उनको उजुरी थियो, ‘मेरो एक्स ब्वाइफ्रेन्डले हामीले रमाइलो (सेक्स) गरेको भिडियो ट्विटरमा हाल्दिएछ, हटाइदिनुपर्यो ।’

भिडियो सहमतिमा खिचेको खुल्यो । पछि सृष्टिलाई प्रेमी मन पर्न छाडेछ । अर्कै केटासँग प्रेम सुरु भयो । धोका भएको झोँकमा उनका पूर्वप्रेमीले गलफ्रेन्डको अश्लील भिडियो ट्वीटरमा हाल्दिए । प्रहरीले लामो प्रयासपछि भिडियो हटाइदियो तर उनले घटनालाई अदालतसम्म पु¥याउन चाहिनन् । ‘एक्स ब्वाइफ्रेन्ड हो, एकचोटीलाई छोड्दिउँ,’ भन्दै उनी फर्किइन् ।

‘यस्तो केस त सामन्यजस्तो भइसक्यो,’ महाशाखाका साइबर सेल प्रमुख इन्सपेक्टर लीलाराज डाँगी भन्छन्, ‘मन मिलेको बेला राजिसाथ फोटो र भिडियो खिच्छन् । सम्बन्ध बिग्रिएपछि त्यसैले तनाव दिन्छ ।’ रमाइलोका लागि लहडमा खिचिएको अति गोप्य व्यवहार आवेगमा सार्वजनिक हुने मात्रै हैन, प्रहरीका अनुसार आफूले सञ्जालमा राख्न खोजेकोमा अर्कैले राखेकोमा चित्त दुखाउँदै आउने पात्र पनि छन् ।

गएको वैशाखमा मोडल परी तामाङको आफ्नै ब्वाइफ्रेन्डसँग खिचेको सेक्स भिडियो युट्युबमा बाहिरियो । विदेशी पोर्न साइटमा समेत उक्त भिडियो अपलोड भयो । परी उजुरी बोकेर महाशाखाको कार्यालय टेकु पुगिन् । प्रहरीलाई लाग्यो– भिडियो अपलोड भएकाले उनलाई मानसिक तनाव भयो होला ।

प्रहरीको दाबीअनुसार उनको चिन्ता आफ्नो सेक्स भिडियो सार्वजनिक भएको भन्दा अर्काले सार्वजनिक गरिदिएकोमा रहेछ । ‘भिडियो अर्कैले अपलोड गर्दिएपछि आफूले पैसा कमाउन नपाएकोमा उनको चिन्ता थियो,’ सो केस हेरेका महाशाखाका इन्स्पेक्टर डाँगीले भने, ‘उनको कुरा सुनेर हामी नै चकित भयौं । हामीले भिडियो पोर्न साइटबाट हटाएर उनलाई पठाइदियौँ ।’

नागरिक शुक्रवारबाट

Comments

comments

सम्बन्धित शीर्षकहरु