भैंसीलाई बासको झ्याङ्गमा लगेर बालात्कार गर्ने ब्यक्ती पक्राउ

SHARE:
  •  
  •  
  •  

मोरङ : भैंसी करणी (बलात्कार) गरेको आरोपमा मोरङको रतुवामाइ नगरपालिका–२ का ४० वर्षीय मङ्गल हस्दा विरुद्ध मुद्दा दर्ता भएको छ । स्थानीय रानी टुढुले पालेको भैंसीलाई बलात्कार गरेको अभियोगमा मुद्दा दर्ता भएको हो ।

छिमेकी टुढुको गोठमा बाँधिएको भैंसीलाई गोठबाट फुकाएर केही पर बाँस झ्ङगमा लागेर विहीवार हस्दाले करणी गरेको अभियोग लगाउँदै टुढुले जिल्ला अदालतमा शुक्रवार ‘फिराद’ दर्ता गरेकी हुन् ।

इलाका प्रहरी कार्यालय सिजुवाको अनुसार गोठबाट भैंसी फुकाएर नजिकैको करणी भएको स्थानमा फेला परेको कपडाका आधारमा आरोपीलाई पक्राउ गरिएको हो । गोठमा बाँधिएको भैंसी हराएपछि भैसीको खोजी गर्ने क्रममा दुबै खुट्टा बाँधिएको अवस्थामा फेला परेको थियो । अनुसन्धानका क्रममा छिमेकी हस्दाको कपडा उक्त स्थानमा फेला परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । त्यसक्रममा हस्दाले भैंसीमाथि करणी गरेको स्वीकार गरेका थिए ।

मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद – १८ करणी सम्बन्धी कसूरको व्यवस्था गरिएको छ । ऐनको दफा २२७ मा पशु करणी गर्न नहुने उल्लेख गरिएको छ । सोही दफाको उपदफा एकमा कसैले पनि पशु करणी गर्नु वा गराउनु हुँदैन भनि उल्लेख गरिएको छ ।

त्यस्तै सोही दफाको उपदफा २ मा भनिएको छ–उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई गाईको करणी गरे वा गराएको भए दुई वर्षसम्म कैद र बीस हजार रुपैयाँसम्म जरिबाना र अन्य पशु करणी गरे वा गराएको भए एक वर्षसम्म कैद र दश हजार रुपैंयाँसम्म जरिबाना हुनेछ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु