डीभी चिठ्ठाको नतिजा सार्वजनीक (यसरी हेर्नुहोस् नतिजा)

SHARE:
  •  
  •  
  •  

काठमाडौं । अमेरिकाले गत वर्ष खोलेको डाइभर्सिटी भिसा (डीभी) चिठ्ठाको नतिजा सार्वजनिक भएको छ । सन् २०२० को डीभीको नतिजा नेपाली समयानुसार मंगलबार राति ०९:४५ बजे सार्वजनिक भएको हो ।

यस डीभी चिट्ठाको नतिजा यहाँ https://www.dvlottery.state.gov/ dvlottery.state.gov गएर हेर्न सकिन्छ । डीभी परे नपरेको हेर्नका लागि डिभी भर्दा पाएको कन्फर्मेशन नम्बर हान्नु अनिवार्य मानिएको छ । ०७५ असोज १७ गतेदेखि कात्तिक २० गतेसम्म आवेदन खुलाइएको थियो । डीभीका विजेताहरुले सन् २०१९ को अक्टोबर १ देखि अमेरिकाको भिसा प्राप्त गर्न सुरू गर्नेछन् ।

सन् २०२० को सेप्टेम्बरको अन्त्यसम्ममा भिसा प्राप्त गरिसक्नुपर्ने नेपालस्थित अमेरीकी दूतावासले जनाएको छ । अमेरिकी सरकारको इडिभी शाखाले आर्थिक वर्ष २०२० का डिभी विजेताहरुलाई आफ्नो कन्फर्मेसन नम्बर सन् २०२० को सेप्टेम्बरसम्म आफूसँगै राख्न सुझाव दिएको छ ।

दूतावासले डीभी विजेताहरुलाई सफल भएको जानकारी गराएको भन्दै कुनै ईमेल नपठाउने नेपालस्थित अमेरिकी दूतावासले सूचित गरेको छ ।देशभित्र र बाहिर रहेका नेपालीले हेरिरहेकाले ट्राफिक बढी भएकोले वेवसाइट खुलिरहेका छैनन् ।

कांग्रेसको नाराबाजीबीच नीति तथा कार्यक्रम बहुमतले पारित

राजधानीबाट बुधबार प्रकाशित विभिन्न अखबारले फरक फरक समाचारलाई आफ्नो प्राथमिकतामा राखेर प्रकाशित गरेका छन् । मंगलबार जनतासमाचार डटकममा ३० महिने बाललको हत्या, पोखरामा हेलिकोप्टर दुर्घटना, घरबाटै हराएका शिशु मृत भेटिए, सरकारकाे नीति तथा कार्यक्रम बहुमतले पारित लगायतका राजनीतिक, सामाजिक, आर्थिक एवं मनोरञ्जन सम्बन्धि समाचार प्रकाशित भए ।

‘सपना मात्र हैन, सङ्कल्प पनि’ शीर्षकमा प्रधानमन्त्री ओलीको भनाइलाई गोरखापत्र दैनिकले पहिलो पृष्ठमा छापेको छ । सरकारको नीति तथा कार्यक्रम सपना मात्र नभई संङ्कल्प भएको उहाँले बताउनुभएकाे छ ।

यस्तै, प्रधानमन्त्री ओली भोलि भियतनाम जानुहुने शीर्षकमा समाचार पनि छ । प्रधानमन्त्री केपी ओली भियतनामका प्रधानमन्त्रीको निमन्त्रणामा भियतनामको पाँचदिने भ्रमणका लागि भोलि बिहीबार जाने कार्यक्रम रहेको छ ।

‘बालुवाटारको २५ रोपनी तीन परिवारको’ शीर्षकमा कान्तिपुर दैनिकले समाचार छापेको छ । बालुवाटारबाट व्यक्तिका नाममा गएकामध्ये करिब २५ रोपनी जग्गा तीन परिवारका नाममा सिमित रहेको पाइएको छ । भूमाफिया भनेर किटान गरिएका शोभाकान्त ढकाल र रामकुमार सुवेदी तथा भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङ र उनीहरुका परिवारका नाममा झन्डै २५ रोपनी जग्गा देखिएको छ ।

‘११ वर्षदेखि सरकारको एउटै नारा, दुई वर्षभित्र साक्षर नेपाल’ शीर्षकमा समाचार छ । ०४८ सालदेखिको चुनावी एजेन्डा, ०६५देखि सरकारी अभियान भएपनि अझै साक्षरता नभएको तथ्यांकसहितकाे समाचार नयाँ पत्रिका दैनिकले पहिलो पृष्ठमा छापेकाे छ ।

‘प्रधानमन्त्रीको बोलीले संसदमा हंगामा, कांग्रेसको नाराबाजीबीच नीति तथा कार्यक्रम बहुमतले पारित’ शीर्षकमा समाचार पनि छ । मंगलबारको पहिलो बैठकमा सरकारको नीति तथा कार्यक्रमाथि सांसदहरुले बोल्नेक्रम सकिएपछि प्रधानमन्त्री केपी ओलीले आक्रोश, कुण्ठा र निम्छरा भनेपछि कांग्रेका नेता उठेर विरोध जनाएका थिए । अवराेधकाबीच पनि नीति तथा कार्यक्रम बहुमतले पारित भएकाे छ ।

‘व्यापार घाटा १० खर्ब’ शीर्षकमा अन्नपूर्ण पाेस्ट्ले समाचार छापेको छ । आर्थिक वर्षको ९ महिना (साउनदेखि चैत) मा व्यापार घाटा ९ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको छ। आयात उच्च दर वृद्धिको तुलनामा निर्यात सुस्त हुँदा व्यापार घाटा चुलिएको हो।

अघिल्लो आर्थिक वर्षको ९ महिना अवधिसँग तुलना गर्दा २२ प्रतिशतले व्यापार घाटा बढेको भन्सार विभागले जनाएको छ। चैतको वैदेशिक व्यापार घाटा एक खर्ब ३ अर्ब रुपैयाँ पुगेको छ ।

‘करलाई लिएर नगरपालिका र उद्योगी व्यापारीबीच जुहारी’ शीर्षकमा नागरिक दैनिकले समाचार छापेको छ । डोल्पा नगरपालिका र उद्योगी व्यापारिबीच करको विषयलाई लिएर जुहारी चलेको छ।

त्रिपुरासुन्दरी नगरपालिका क्षेत्र भित्रका उद्योगी व्यापारीहरुले नगरले नगरवासी र व्यापारीलाई उपलब्ध गराउनु पर्ने सुबिधा उपलव्ध नगराएको भन्दै नगरलाई कुनैपनि किसिमको कर नतिर्ने भन्दै जुहारी चलेको सामाचार छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु