कस्तो अचम्म ! प्रेम विवाह गरेका छोरी-ज्वाइँलाई बाबुले जिउँदै जलाए

SHARE:
  •  
  •  
  •  

अहमदनगर । रुक्मिणी रणसिंघे १९ वर्षकी मात्र थिइन् । ६ महिना पहिले उनले आफूले मन पराएका प्रेमीसँग प्रेम विवाह गरिन् । तर रुक्मिणीको विवाहलाई लिएर परिवार खुसी थिएनन् । किनकि पतिसँग उनको जात मिल्दैनथियो । यस कुराको असमझदारी यतिसम्म बढ्यो कि एक दिन रुक्मिणीका बाबु, काका र मामा मिलेर उनका पतिलाई जिउँदै जलाइददिए । आफ्नो परिवारको आक्रोशको मूल्य रुक्मिणी आफैंले पनि ज्यान दिएर चुकाइन् ।

महाराष्ट्रको अहमदनगरको यो घटनाले ‘अनर किलिङ’ को मामिलालाई फेरि एकपटक सबैका सामू ल्याइदिएको छ । रुक्मिणी अनुसूचित जाती (एससी) मा पर्ने पासी जातिकी थिइन् भने उनका पति मंगेश अन्य पिछडा वर्ग (ओबीसी) मा पर्ने लौहार जातिका थिए ।

रुक्मिणीका पिता र परिवारका अन्य सदस्यहरू यो विवाहको विरूद्धमा भएपनि मंगेशका परिवारका सदस्यहरूले विवाहलाई स्वीकार गरेका थिए । रुक्मिणीका देवर महेश रणसिंघेले उनीहरूको विवाहमा रुक्मिणीको माइती पक्षबाट उनकी आमा मात्र आएको बताएका छन् ।

महेशले भने, ‘विवाहपछि पनि रुक्मिणीका घरका सदस्यहरूले यो नाताको विरोध गरिरहेका थिए । मंगेश र रुक्मिणीलाई सडकमासँगै देख्दा उनीहरू धम्की दिन्थे । त्यसबाट हैरान भएर मंगेश र रुक्मिणीले गत फेब्रुअरीमा अहमदनगरस्थित परनेर प्रहरी चौकीमा उजुरी दर्ता गराएका थिए ।’

तनावकाबीच ३० अप्रिलमा रुक्मिणीका माता–पिताले उनलाई आफ्नो घर बोलाए । घर गएपछि उनीहरूले रुक्मिणीलाई पिटे । पिटाइ खाएपछि रुक्मिणीले त्यसैरात मंगेशलाई फोन गरेर परिवारका सदस्यहरूले आफूलाई पिटेको जानकारी दिइन् ।

उनले मंगेशलाई आफ्नो माइतीमा आएर लिएर जान आग्रह गरिन् । त्यसको भोलिपल्ट मे १ मा मंगेश रुक्मिणीको माइत पुगे । त्यसबेला उत्तरप्रदेशमा बस्ने रुक्मिणीका काका र मामा पनि आएका थिए । रुक्मिणीको विवाहलाई लिएर ठूलो झगडा भयो । रुक्मिणीका काका र मामाले रुक्मिणी र उनका पतिलाई कुटपिट गरे ।

कुटपिटपश्चात् उनीहरूले दुवै जनालाई डोरीले बाँधेर पेट्रोल छर्किएर आगो लगाइदिए र घरभित्र थुनेर ढोका पनि लगाइदिए । महेश रणसिंघेका अनुसार घरबाट आएको दर्दनाक चित्कार सुनेपछि छिमेकीहरू घटनास्थल पुगेका थिए । उनीहरूले एम्बुलेन्स बोलाएर मंगेश र रुक्मिणीलाई उद्दार गरी पुणे लगेर ससून अस्पतालमा भर्ना गरे ।

आगोले जलेर घाइते भएकी रुक्मिणीको तीन दिनपछि ५ मेमा मृत्यु भयो । उनको शरीरको ६० देखि ६५ प्रतिशत भाग जलेको थियो । मंगेशको अवस्था गम्भीर छ । उनको ४० देखि ४५ प्रतिशत शरीर जलेको छ ।

रुक्मिणीको घर नजिकै बस्ने सञ्जय बेदीले भने, ‘घरबाट धुवाँ उडिरहको थियो, तर ढोका बन्द थियो । हामीले ढोका फुटायौं र एम्बुलेन्सलाई फोन ग¥यौं ।’ उत्तर प्रदेशबाट ८ महिनाअघि आएको सो परिवारबारे त्यतिधेरै जानकारी नभएको बेदीले बताए । परनेर प्रहरी चौकीमा घटनाबारे उजुरी परेको छ । रुक्मिणीका मामा घनश्याम र काका सुरेन्द्र बाबुलाल भारती उर्फ बिल्लू पण्डितलाई प्रहरीले पक्राउ गरेको छ ।

अहमद नगरका प्रहरी मनीष कलवानियाले भने, ‘प्रहरीले रुक्मिणीका पिता रामा रामफल भारतीको खोजी गरिरहेको छ । घटनास्थलबाट प्रहरीले पेट्रोलको एक बोतलसहित अन्य सामानहरू बरामद गरेको छ । घटनाको अनुसन्धान जारी छ ।’ रुक्मिणीका देवर महेश भने प्रहरीले बेवास्ता गर्दा परिवारले पीडा भोग्नुपरेको आरोप लगाएका छन् ।

उनले भने, ‘हामीले रुक्मिणीको परिवारले मंगेश र रुक्मिणीलाई धम्की दिइरहेकोबारे निक्सोज र परनेर प्रहरी चौकीमा उजुरी दर्ता गराएका थियौँ । गत फेब्रुअरीमा प्रहरीलाई धम्कीबारे बताएका पनि थियौँ । यो घटनाको ठीकअघि पनि हामीले लगातार धम्की पाइरहेको भनेर प्रहरीलाई खबर गरेका थियौँ ।’ उनले घटनाको दोषीमाथि कारबाही हुने र आफ्नो परिवारलाई न्याय मिल्ने विश्वास व्यक्त गरेका छन् ।

साईप्रसमा यी नेपाली चेलिको हत्या, हत्याको कारण र हत्यारा थाह पाउदा दुनियाँ अचम्मित

साइप्रसमा नेपाली चेली अस्मिता खड्का विष्टको श्रृङ्खलावद्ध तरिकाले हत्या भएको छ । उनको हत्या एक ‘सिरियल किलर’ले गरेका हुन् । सिरियल किलरले ७ जना आप्रवासी महिलाको हत्या गरेको थियो । त्यस मध्ये एक नेपाली चेली अस्मिता खड्का विष्ट रहेको अन्तर्राष्ट्रिय सञ्चार बताएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार रोयटर्सले जनाएअनुसार साइप्रस सेनाका ३५ वर्षे एक बहालवाला कप्तानले आप्रवासी कामदार महिला र तिनका छोरीलाई श्रृङ्खलावद्ध तरिकाले हत्या गरेका हुन् । हत्याको अरोपित कप्तानलाई प्रहरीले पक्राउ गरी सकेका छन् ।

साइप्रसमा नेपाली महिलाहरु बिभिन्न घरेलु कामदारको रुपमा रोजगारीका लागि जाने गर्दछन् । अस्मिता पनी राेजगारीकै शिलशिलामा साइप्रस पुगेकी थिइन् । २०१८ जुलाइ १८ देखि अस्मितामा साइप्रसमा हराइरहेकी थिइन्। उनको खोजी कार्य गर्न महिला अधिकारवादी समूहले माग गर्दै आईरहेका थिए ।

पक्राउ परेका कप्तानले हत्या गरेको स्वीकार गरी सकेको र उनकै बयानको आधारमा विभिन्न स्थानबाट हत्या गरिएका ५ जनाको शव साइप्रस प्रहरीले राजधानी निकोसिया नजिकै रहेको तामा खानीको दुषित पानी जम्मा हुने पोखरीमा फेला पारेका थिए । फेला पारिएको शव मध्ये एक अस्मिताको भएको बीबीसीले जनाएको छ ।

उनको हत्यापछी साइप्रसमा भएका नेपालीहरुले अस्मितालाइ न्याय दे भन्दै बिभिन्न नारा लगाई बिरोध प्रर्दशन गरेका छन् । साइप्रसमा ७ जना आप्रवासीको हत्याको सार्वजनिक भएसँगै आप्रवासी कामदारको अवस्थाबारे बहस सुरु भएको छ। मृतकको सम्झनामा स्थानीय बासिन्दा र आप्रवासी कामदारहरुले राष्ट्रपति भवन अगाडि बिभिन्न कार्यक्रमहरूकाे आयोजना गर्दै आइरहेका छन् ।

साइप्रसका राष्ट्रपतिले बेपत्ता भएका आप्रवासी महिला कामदार को विषयमा गम्भीरतापूर्वक खोजकार्य नगरेकाे भन्दै आलोचना भएपछि त्यहाँका प्रहरी प्रमुखलाई पदबाट हटाईएको छ । कानुनमन्त्रीले यही विवादका कारण पदबाट राजिनामा समेत दिएका छन्।

Comments

comments

सम्बन्धित शीर्षकहरु