भारतबाट उद्धार गरिएका २३ महिला नेपाल फिर्ता

SHARE:
  •  
  •  
  •  

झापा, वैशाख २६ । भारतको मिजोरमबाट उद्धार गरिएका २३ नेपाली महिलालाई फिर्ता ल्याइएको छ । बिहीबार झापाको काँकडभिट्टा हुँदै उनीहरुलाई नेपाल ल्याइएको हो ।

दलालका माध्यमबाट बर्मा हुँदै दक्षिणपूर्वी एसियाली मुलुक लैजान लागिएका ती महिलालाई मिजोरमको चम्फी भन्ने स्थानबाट भारतीय संस्था र मिजोरम पुलिसले ६ दिनअघि स्थानीय नेपाली भाषीको सुराकका आधारमा उद्धार गरेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव कृष्णप्रसाद भुसालले जानकारी दिए ।

भारतीय नागरिक नेपाली भाषी ‘एजेन्ट’ लालबहादुरले उनीहरुलाई सो स्थान पुर्‍याएको खुलेको छ । लालबहादुरलाई पनि भारतीय प्रहरीले पक्राउ गरेको मिजोरम पुलिसका महानिरीक्षक एलएच शान्लियानाले जानकारी दिए । केही महिनाअघि पनि बर्मासँग सीमा जोडिएको मणिपुरको मोरेबाट १७८ जना नेपालीलाई उद्धार गरी नेपाल फर्काइएको थियो ।

डेढ किलो सुनसहित युवक पक्राउ

मकवानपुरबाट एक किलो ६४९ ग्राम सुनसहित एकजनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । काठमाडौंबाट वीरगन्ज जाँदै गरेको ना८ख ३७९२ नम्बरको बस चेकजाँचकाक्रममा पूर्वपश्चिम राजमार्गअन्तर्गत् रातमाटेमा अवैधरुपमा लिएर गइरहेको सुनसहित भोजपुरको षडानन्द नगरपालिका–४ का २९ वर्षीय किशोर ल्वागुनलाई प्रहरीले पक्राउ गरेको हो ।

ल्वागुनले जुत्ताभित्र र पाइन्टको खल्तीमा लुकाएर लैजाँदै गरेको सुन बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका ल्वागुनलाई सुनसहित राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइने प्रहरीले जनाएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु