लुट्न सके लुट पछि क्रिकेट रंगशाला बनाउन पशुपति शर्माले ल्याए यस्तो गित … ( हेर्नुस भिडियो )

SHARE:
  •  
  •  
  •  

काठमाडौं । चर्चित लोकदोहोरी गायक पशुपति शर्माको नयाँ गीत सार्वजनिक भएको छ। लुट्न सके लुटको विवाद पछि पशुपतिले धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’को बिषयलाई लिएर गीत बनाएका छन् ।

हजुर हाम्रै पाला,जसरी नि बनाउँने हो क्रिकेट रङ्गशाला’ बोलको गीतलाई पशुपति शर्मा र देवी घर्ति मगरले स्वर दिएका छन् । पशुपति शर्माको शब्द संगीतमा तयार भएको उक्त गीतलाई दिवश हुमागाँई र नविन घर्ति मगरले सम्पादन गरेका हुन् भने शंकर बिसीले निर्देशन गरेका हुन् । गीतको भिडियोलाई धुर्मुस सुन्तली अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ । हेर्नुस भिडियो

अक्षय कुमारसँग बलिउडमा डेब्यू गर्दै पूर्व मिस वर्ल्ड मानुषी छिल्लर

मिस वर्ल्ड, २०१७ मानुषी छिल्लर लामो समयदेखि बलिउड फिल्मको प्रतिक्षा गरिरहेकी थिइन् । अहिले खबरहरुका अनुसार मानुषी छिट्टै नै बलिउडमा डेब्यू गर्ने भएकी छिन् । मानुषी छिल्लर अभिनेता अक्षय कुमारका साथ बलिउड करिएर सुरु गर्नेछिन् । छिल्लर पृथ्वीराज चौहानको बायोपिकमार्फत चलचित्रमा आउने बताइएकाे छ । चन्द्रप्रकाश द्विवेदीको निर्देशनमा बन्ने पृथ्वीराज चौहानको बायोपिकको निर्माण यशराज फिल्म्सले गर्नेछ । यस फिल्ममा मानुषीको प्रमुख भूमिका रहनेछ ।

भारतीय सिनेमामा पिरियड ड्रामामा आधारित फिल्म बन्ने सिलसिला धेरै पुरानो हो । दर्शकहरु पनि इतिहासमा आधारित फिल्म निकै रुचाउँछन् । यही कारण यशराज ब्यानर हिन्दू सम्राट पृथ्वीराज चौहानको कहानीलाई पर्दामा देखाउनको लागि तयारी गरिरहेको छ । यो फिल्म बिग बजेटको लगानीमा बन्नेछ ।

यशराज फिल्म्स र ‘चाणक्य’ र ‘पिजरा’ जस्ता टेलिसिरीयल बनाइसकेका निर्देशक प्रकाशचन्द्र द्विवेदी मिलेर यो फिल्म बनाउनेछन् । खबरहरुका अनुसार मानुषी छिल्लर यस फिल्ममा राजकुमारी संयुक्ताको भूमिका निर्वाह गर्नेछिन् । यतिबेला मानुषी डान्स र अभिनयको कार्यशालामा व्यस्त छिन् ।

पृथ्वीराज चौहान भारतको अजमेरका राजा सोमेश्वरका छोरा हुन । उनले १३ वर्षको उमेरदेखि अजमेरको राजगढ सम्हालेका थिए । पृथ्वीराजले एक पटक हतियारबिना नै एक्लै एक सिंह मारेका थिए । भारतमा राजा पृथ्वीराज चौहान एक योद्धा राजाको रुप परिचित छन् ।

यस्तै पृथ्वीराज चौहान उनका कट्टर दुश्मन जयचन्दकी छोरी संयुक्तासँगको प्रेम कहानी पनि निकै चर्चित छ । संयुक्ताको स्वयम्बरकै दिन पृथ्वीराज चौहानले उनलाई मण्डपबाट आफ्नो साथमा लिएर गएका थिए । फिल्ममा मानुषी छिल्लरले पृथ्वीराज चौहानकी प्रेमिकाको भूमिका निर्वाह गर्नेछिन् । यस बायोपिकमा अभिनेता अक्षय कुमार र मानुषी छिल्लर बाहेर अन्य पात्रको टुंगो भने लागिसकेको छैन ।

Comments

comments

सम्बन्धित शीर्षकहरु