लोकप्रिय रेडियोकर्मी सुरज श्रेष्ठको ४५ वर्षमै निधन !

SHARE:
  •  
  •  
  •  

काठमाडौं । ईमेज एफएमका पूर्वस्टेसन म्यानेजर सुरज श्रेष्ठको निधन भएको छ ।साढे ४ वर्षदेखि मोटर न्यरोड डिजिट नामक रोगबाट ग्रसित ४५ वर्षीय श्रेष्ठको गएराति २ः१५ बजेतिर उपचारका क्रममा निधन भएको हो । उनलाई पछिल्लो समयमा श्वासप्रस्वास र मुटुसम्बन्धी पनि समस्या देखिएको थियो । उनको स्वास्थ्यमा थप समस्या आएपछि यही बैशाख १६ गते काठमाडौंको ओम अस्पतालमा भर्ना गरिएको थियो ।पहिलो पटक उनी २०७१ मा दिल्लीस्थित मेदान्त अस्पतालमा उपचारका लागि भर्ना भएका थिए ।

उक्त अस्पतालमा निरन्तर उपचार पछि २०७२ साल बैशाखमा नेपाल फर्किएका थिए । विनाशकारी महाभूकम्पपछि उनलाई रोगले थप ग्रस्त बनाएको थियो । सञ्चार क्षेत्रमा निकै ठूलो योगदान पुर्‍याएका श्रेष्ठको निधनप्रति ईमेज च्यानलले दुःख व्यक्त गरेको छ । उन का एक छोरा, एक छोरी र श्रीमती छन् ।

धरानमा जन्मिएका उनी सुरुमा धरान स्थित बीपी कोइराला मेमोरियल अस्पतालको हाताभित्र रहेको रेडक्रसद्वारा संचालित ब्लड बैंकमा इन्चार्जका रुपमा काम गरेका थिए ।धरानबाट प्रकाशित पूर्वाञ्चलको चर्चित राष्ट्रिय दैनि क ब्लाष्ट टाइम्समा सह सम्पादक, धरान टुडेलगायतका संचारमाध्यममा काम गरिसकेका उनी २०५६ सालमा ईमेज एफएममा आबद्ध भएका थिए ।

त्यसबेला उनने ‘ईमेज पप’ नामक कार्यक्रम संचालन गरेका थिए । त्यसपछि उनले ‘शुभदिन’, ‘विमोचन’, ‘रेकर्ड अफ दि वीक’, इन्साइड स्टोरी’, ‘म्यूजिक एक्सप्रेस’, ‘नौटंकी’लगायतका चर्चित रेडियो कार्यक्रमहरु संचालन गरेका थिए । उनको प्रेरणाबाट नेपाली सांगीतिक क्षेत्रमा थुप्रै प्रतिभाहरुको जन्म भएको छ ।

एफएम रेडियोहरुको स्थापनापछि सफल र चर्चित टप फाइफ आरजेहरुमध्ये सुरजको नाम अग्रस्थानमा आउने गर्दथ्यो ।पछिल्लो समय उनी वाइट प्लस अडियो भिडियो कम्पनी संचालन गरी म्यूजिक भिडियोको निर्देशन र सम्पादनमा पनि क्रियाशिल थिए ।वि.स. २०३१ साल फागुन २६ गते जन्मिएका श्रेष्ठका सात जना दिदीहरु छन् । उनी परिवारका कान्छा सदस्य थिए ।

Comments

comments

सम्बन्धित शीर्षकहरु