होटल याक एन्ड यतीमा छापा मारेर १२ भारतीय नागरिक पक्राउ, यस्तो छ कर्तुत

SHARE:
  •  
  •  
  •  

काठमाडौँ : अबैध नेटवर्किङ व्यवसाय सञ्चालन गरिरहेकाे आराेपमा राजधानीस्थित याक एण्ड यति होटलबाट प्रहरीले १२ जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी परिसर, अपराध महाशाखा र राजश्व विभागकाे टोलीले नेटवर्किङ व्यवसायमा स‌लग्न रहेकाे सूचनाका आधारमा छापा मार्दा भारतीय नागरिकहरुलाई नियन्त्रणमा लिएकाे हाे ।

उनीहरुले दुबई मुख्य कार्यालय रहेकाे नेटवर्किङ कम्पनीकाे भारतकाे लखनउमा शाखा कार्यालय रहेकाे र त्यँहीबाट सुन, रियलस्टेट लगायतका व्यवसाय संचालन गर्ने भन्दै प्रशिक्षण दिएकाे पाइएकाे छ ।

शुक्रबार हाेटलमै २ सयजना बढीलाई प्रशिक्षण दिएकाे खुलेकाे छ। प्रशिक्षणमा सहभागी भएका १५/२० जना नेपाली र अन्य भारतीयभएकाे पाइएकाे छ। उनीहरुले न्यूनतम १२५० डलर जम्मा गर्नुपर्ने र त्यति नै रकम कम्पनीले हालेर नेटवर्किङ व्यवसायमा सहभागी हुन पाउने याेजना बनाएका थिए।पक्राउ परेका माथि छानबिन चलिरहेकाे महानगरीय प्रहरी परिसरका डीएसपी हाेबिन्द्र बाेगटीले बताए।

शान्ति प्रक्रियामा नआए विप्लब समुहको अस्तित्व नै समाप्त हुन्छ : प्रधानमन्त्री

काठमाडौं, २१ बैशाख । प्रधानान्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियामा नआए नेत्रविक्रम चन्द विप्लब समुहको अस्तित्व नै समाप्त हुने चेतावनी दिनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठकलाई शनिबार सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले शान्ति प्रक्रियामा नआए विप्लब समुह नै समाप्त हुने बताउनुभएको हो ।

सरकाले पृथकतवादको अन्त्य गरेसंगै विप्लब समुहको नाममा हुने क्रियाकलाप नियन्त्रणमा लागेको भन्दै उहाँले हतियार बुझाएर हिंसा नत्यागे अप्ठ्यारो ढंगले समुह नै समाप्त हुने अवस्थामा पुग्ने बताउनुभएको हो ।

उहाँले भन्नुभयो “पृथकतावाद अन्त्य भयो अब विप्लब समूहको नाममा मच्च्याईएको त्रासलाई पनि नियन्त्रण गर्छौ । उनीहरुले हिंसाको बाटो छोड्नु, हतियार बुझाउने, सकेसम्म छिटो शान्ति प्रक्रियामा आउनु हितकर हुनेछ । त्यसो नगरे असहज अवस्थाबाट अप्ठ्यारो ढंगले समाप्त हुने अवस्थामा पुग्छन् ।”

विप्लब समुहमाथि सरकारले लगाएको प्रतिबन्धलाई लिएर पार्टी भित्रै पनि विरोध भएको स्मरण गर्दै उहाँले उनीहरुको क्रियाकलाप गैह्रकानुनी र असंबैधानिक भएकाले सरकारले प्रतिबन्ध लगाएको स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो “कतिपयले विप्लब समुहमाथिको प्रतिबन्धलाई उचित भएन भनेर विरोध गरे । उनीहरुका क्रियाकलाप अबैध, हानिकार, असंबैधानिक गैह्रकानुनी भएकाले जायज हुन सक्दैन । त्यसकारण त्यस्ता आतंककारी गतिविधि प्रतिबन्ध लगाईएको हो । त्यसलाई नबुझेर प्रतिबन्ध लगाउनु हुँदैन भनियो । अनि के बम पड्काउ भन्ने ? मान्छे मार्न इजाजत छ भन्ने ? मान्छेलाई तर्साएर पैसा जतिपनि असुल्न इजाजत छ भन्ने ?”

नीति तथा कार्यक्रममा राष्ट्रपतिले प्रयोग गरेको मेरो सरकारका बारेमा पनि उहाँले सांसदहरुलाई स्पष्टीकरण दिनुभयो । राष्ट्रपति पदको नामले नै सर्वोच्च पद भएको भन्दै उहाँले सरकार भन्दा पृथक राष्ट्रपति नहुने र राज्यको सबैभन्दा माथिल्लो तह राष्ट्रपति भएकाले देशलाई आफ्नो भन्नु स्वभाविक भएको दाबी गर्नुभयो । मेरो सरकार अन्तर्राष्ट्रिय अभ्यास भएकाले यसबारेमा बहस गर्नु आवश्यक नभएको तर्क गर्नुभयो ।

उहाँले सांसदहरुलाई राष्ट्रपतिका काम कर्तव्य र अधिकारबारे सविस्तार प्रशिक्षण नै दिनुभयो । संसदीय दलको बैठकमा सांसदहरुले नेताहरुको निर्देशन मात्रै नभई आफुहरुको पनि कुरा सुन्नुपर्ने र सरकारको नीति तथा कार्यक्रममा प्रस्तुत तथ्यांक र मेरो सरकार प्रयोगको सैद्धान्तिक आधार स्पष्ट पार्न माग गरेका थिए ।

Comments

comments

सम्बन्धित शीर्षकहरु