को बन्छ करोडपतिको ऐतिहासिक एपोसोड सुरु , यी हुन पहिलो करोडपति ( हेर्नुस लाईभ भिडियो )

SHARE:
  •  
  •  
  •  

काठमाडौं। नेपालमा यसै वर्ष सुरु भएको फ्रेन्चाइज शो ‘को बन्छ करोडपती’ ले पहिलो पटक करोडपति पाएको छ । शोले गरेको घोषणा अनुसार पहिलो करोडपति विराटनगरका राजीव जैन हुन् । जैन एमबीए डिग्री होल्डर हुन् साथमा उनी क्विज मास्टर पनि हुन् ।

१० वर्षदेखि काठमाडौंमा बस्दै आएका उनले महेन्द्र मोरङ क्याम्पसबाट बीबीए गरेका थिए । दिल्ली युनिभर्सिटीबाट एमबीए गरेपछि उनी २००३ मा नेपाल फर्किएका थिए । दिल्लीमा छँदा भारतमा यही शो ‘कौन बनेगा करोडपति’का लागि समेत छनोट भएका उनी ‘फस्टेस्ट फिंगर फर्स्ट’ पार गरेर हट सिटमा पुग्न भने पाएनन् ।

शनिबार राती प्रसारण भएको एपिसोडमा ‘को बन्छ करोडपती’ले पहिल्यै ‘पहिलो करोडपति परिचित गराइँदै’ भनेकोले राजीव नै पहिलो करोडपति हुन् भन्ने प्रस्ट छ । यद्यपि शनिबारको एपिसोडमा राजीवले २५ लाख मात्र जितेका छन् र समय सकिएको छ । ३ प्रश्न बाँकी छँदै सबै लाइफलाइन गुमाइसकेका उनले १२ लाख ५० हजारको प्रश्नमा सबै लाइफलाइन गुमाइसकेका थिए ।

उनले २५ लाखको प्रश्नको सही जवाफ दिएर २५ लाख जितिसकेका छन् । उनी १ करोड जित्नको लागि मात्रै २ प्रश्नको दूरीमा हुँदा समय सकिएको छ । पहिल्यै पहिलो करोडपति भनेर घोषणा गरिसकिएकोले उनले बाँकी २ प्रश्नको पनि सही जवाफ दिने निश्चित छ । उनले बाँकी २ प्रश्नको सही जवाफ दिएर १ करोड जितेको आज आइतबार बेलुका प्रसारण हुने एपिसोडमा हेर्न सकिनेछ । हेर्नुहोस्  एपिसोड –

Comments

comments

सम्बन्धित शीर्षकहरु