यस्तो थियो राजिव जैनको लागि सोधिएको अन्तिम प्रश्न र १ करोड जित्दाको क्षण ( भिडियो हेर्नुस )

SHARE:
  •  
  •  
  •  

काठमाण्डौ – एपी वान टेलिभिजनबाट प्रसारण हुँदै आएको टेलिभिजन शो ‘को बन्छ करोडपति’ मा विराटनगरका राजिव जैनले एक करोड रुपैयाँ जितेका छन् । शनिबार र आइतबार प्रसारण गरिएको शोमा उनले १५ वटै प्रश्नको सही जवाफ दिँदै एक करोड जितेका हुन् । को बन्छ करोडपति ? मा १ करोड जित्ने उनी पहिलो सहभागी हुन् ।

रिस्क बीना जीवन साहसिक नहुने भन्दै खेल अगाडि बढाएका उनलाई एक करोड रुपैयाँका लागि सोधिएको प्रश्न थियो- ‘२००७ सालको प्रजातन्त्रपछिको पहिलो ऐतिहासिक चुनाव कहिले घोषणा भएको थियो? चारवटा अप्सनहरुमध्येको २०१४ माघ १९ गतेलाई उनले आफ्नो लजिकसहित जवाफ रोजे। उनकै भाषामा ‘क्यालकुलेटेड रिस्क’ लिए। र, बने ‘को बन्छ करोडपति’ को करोड रुपैयाँ जित्ने पहिलो विजेता।

प्रश्नको जवाफ निश्चित हुनुअघि उनले आफू जवाफ सही भएकोमा ९५ प्रतिशत ढुक्क भएको बताएका थिए। उनले २०१४ माघ १९ गते उत्तर दिएर १ करोड जितेका हुन्।

Comments

comments

सम्बन्धित शीर्षकहरु