१ करोड जितेपछि राजिबले पाए मात्र ७५ लाँख रुपियाँ , यस्तो छ भित्री कारण

SHARE:
  •  
  •  
  •  

काठमाडौं : एपी वान टेलिभिजनद्वारा सञ्चालित रियालिटी शो ‘को बन्छ करोडपति’मा विराटनगरका राजिव जैनले १ करोड जित्न सफल भएका छन् । एपी वान टेलिभिजनमा आइतबार राति प्रसारित पहिलो सिजनको ‘को बन्छ करोडपति’को ४२ औ अंकमा उनले १४ औं र १५ औं प्रश्नको जवाफ सही जवाफ दिएर १ करोड जितेका हुन् । अघिल्लो हप्ता ४१ औं १३ वटा प्रश्नको जवाफ दिई २५ लाख जितिसकेका थिए ।

नेपाली चलचित्रका चर्चित अभिनेता राजेश हमाले सञ्चालन गर्दै आएको ‘को बन्द करोडपति’मा १ करोड जित्ने जैन पहिलो प्रतियोगी बनेका हुन्। २००७ सालको प्रजातन्त्र पछिको पहिलो ऐतिहाँसिक चुनाव कहिले घोषणा भएको थियो ? भन्ने १५ औं तथा अन्तिम प्रश्नको वि.सं २०१४ माघ १९ गते उत्तर दिँदै उनले १ करोड जितेका हुन् ।

एक करोड जितेमा विश्व भ्रमणमा निस्कने योजना बनाएका जैनको सपना पूरा भएको छ । उनलाई कार्यक्रम सञ्चालक राजेश हमालले एक करोडको चेक हस्तान्तरण गरिसकेका छन् तर पनि उनी उनी करोडपति भने हुन पाउने छैनन्।

उनले नेपालको कानुनी व्यवस्थाअनुसार ७५ लाख मात्रै जित्नेछन् । किनभने उनको उक्त आम्दानीलाई ‘आकस्मिक लाभ’का रुपमा राज्यलाई २५ प्रतिशत कर बुझाउनुपर्ने हुन्छ । अर्थात राजिवले नेपालको कानुन अनुसार एक करोड रकमबाट २५ लाख रुपैयाँ राज्यलाई कर बुझाउनुपर्नेछ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु