यी पाकिस्तानी दम्पतिले नेपालमा आएर गरेको कर्तुत थाह पाउँदा सबै हैरान

SHARE:
  •  
  •  
  •  

काठमाडौं। पछिल्लो समय नेपालमा आउने अवैध शरणार्थी र भिजिट भिषामा आउने बिदेशीहरुको गतिविधीले नेपालको सुरक्षामा ठुलो चुनौती थपिरहेको छ । कोही धर्म प्रचार गर्न , कोही काम र घुम्नको बाहनामा उनीहरुले अपराधिक गतिविधिहरु गर्ने गरेको एक पछि अर्काे गर्दै घटनाहरु सार्वजनिक भईरहेका छन् ।

यसबीच भक्तपुरमा चोरीको आरोपमा पाकिस्तानी दम्पत्तिलाई प्रहरीले प्रक्राउ गरेको छ । प्रक्राउ पर्नेमा मनसिंह खान र पूजा खान रहेका छन् । पर्यटक भिषामा नेपाल आएका उनीहरुले विभिन्न पसलहरुमा पैसा चोर्दै आएका थिए ।

भक्तपुरको लोकन्थलीमा एक पसलको काउन्टरबाट ७० हजार चोरी हुनु र त्यस्तै प्रकृतिको घटना लोकन्थलीमा पनि दोहोरिन्छ । काउन्टरबाट ३० हजार हराएपछि पसलेले प्रहरीमा उजुरी दिए । सोही उजुरीको आधारमा प्रहरीले त्यस क्षेत्रमा निगरानी बढाएको थियो ।

सिसिटिभी फुटेजको आधारमा प्रहरीले एक कारलाई पछ्याउँदै जान्छ । जुन कारलाई प्रहरीले त्रिभुवन विमानस्थलको गोल्डेन गेटबाट नियन्त्रणमा लियो । जहाँ खान दम्पत्ति , उनीहरुका डेढ र साढे चार वर्षका छोराछोरीहरू र चालक थिए । उनीहरू ३ महिना अघि नै नेपाल आए थिए ।

सूर्यविनायक र लोकन्थलीमा भएको चोरी पनि उनीहरुले गरेको पुष्टी भयो । उनीहरुले नेपाली पैसा कस्तो हुन्छ भन्दै गने झै गर्दै गर्दा रहस्मय तरिकाले पैसा चोरी गर्थे । उनीहरुले एक महिना अघि बुटवलबाट एक लाख ७० हजार चोरी गरेको खुल्न आएको प्रहरीले जनाएको छ । उनीहरुबिरुद्ध चोरी मुद्धामा कारवाही गर्ने तयारी प्रहरीले गरिरहेको छ ।

कारागारमा हिंसा हुँदा चारकाे मृत्यु

अफगानिस्तानको पुल–ए–चार्खी कारागारमा भड्किएको हिंसाका कारण चार कैदीको मृत्यु भएको छ । अफगानिस्तानको गृहमन्त्रालयका अनुसार कारागारभित्र लागुऔषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले खानतलास गर्न थालेपछि हिंसा भड्किएको थियो । हिंसामा परी ३३ कैदी घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले कारागार भवनभित्र खानतलासी गर्न थालेपछि केही कैदीले प्रहरीमाथि आक्रमण गरेका थिए । प्रहरीले स्थिति नियन्त्रणमा ल्याउन हवाई फाएर गर्दा घटना भएको जनाइएको छ । घटना किन र कसरी भयो भन्ने सम्बन्धमा छानबिन शुरू भएको गृह मन्त्रालयको प्रवक्ता नसरत रहिमीले जानकारी दिनुभयो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु