यसकारण भारतले यसपटकको बिश्वकप जित्नै सक्दैन …

SHARE:
  •  
  •  
  •  

एजेन्सी : इंग्ल्यान्ड र वेल्समा ३० मे देखि संयुक्त रुपमा आयोजना हुने वान डे विश्वकपमा भारत प्रमुख दाबेदार राष्ट्र हो । भारतले एक महिना अघिनै आफ्नो १५ सदस्यीय अन्तिम टोली घोषणा गरिसकेको छ । भारतले निकै चर्चामा रहेका युवा खेलाडी ऋषभ पन्त तथा अनुभवी आम्बाती रायडुलाई टोलीमा मौका दिएन । यी दुई खेलाडीको स्थानमा सबैलाई आश्चर्यमा पार्दै विजय शंकर र विकेटकीपर दिनेश कार्तिकलाई टोलीमा समेटिएको थियो ।

सन् २०१७ को च्याम्पियन्स ट्रफीको फाईनलमा पाकिस्तानसँग पराजित भएपछि त्यहि बेला देखि नै भारतले आफ्नो मुख्य लक्ष्य २०१९ को विश्वकपको उपाधि जित्ने बनाउँदै आएको थियो । भारतले यसअघि सन् १९८३ र सन् २०११ मा गरि दुई पटक विश्वकप जितेको छ । सन् १९८३ मा कपिल देव र २०११ मा महेन्द्रसिंह धोनीले आफ्नो कप्तानीमा भारतलाई विश्वकप जिताएका थिए ।

यस पटक प्रमुख दाबेदार मानिएको भारत विराट कोहलीको कप्तानीमा तेस्रो विश्वकप जित्ने दाउमा देखिन्छ । विश्वकप जित्न सक्ने उच्च संभावना पनि छ । तर भारतीय टोलीका यी ४ कमजोरी जसले विश्वकप जित्ने सपना अधुरै बनाउन सक्छ ।

 इंग्ल्यान्डको भुमिमा भारतको खराब प्रर्दशन 

भारतलाई केहि क्रिकेट विश्लेषकहरु घरको मात्र बाघ भन्ने गर्दछन् ।  अर्थात भारतले आफ्नो घरेलु मैदानमा गर्ने उत्कृष्ट प्रर्दशन विदेशी भुमिमा गर्न सक्दैन । पछिल्लो दुई वर्षमा इंग्ल्यान्डको भुमिमा भारतको प्रर्दशन राम्रो छैन । सन् २०१७ च्याम्पियन्स ट्रफिको फाईनलमा भारत पाकिस्तानसँग १ सय ८० रनको फराकिलो अन्तरले पराजित भएको थियो । समुह चरणमा श्रीलंकासँग ७ विकेटले स्तब्ध भएको थियो ।

सन् २०१८ मा भारत र इंग्ल्यान्डबीच ३ ओडीआई सिरिजमा भारत २–१ ले पराजित भएको थियो । पाँच टेष्टको सिरिज पनि भारतले ४–१ ले गुमाएको थियो । इतिहास हेर्दा भारतले इंग्ल्यान्ड, अष्ट्रेलिया र दक्षिण अफ्रिकाको भुमिमा प्राय कमजोर प्रर्दशन गर्ने गर्दछ । यसपटक पनि भारतको त्यहि समस्या दोहोरिएको खण्डमा विश्वकप जित्ने सपना अधुरो बन्न सक्छ ।

अनिश्चत र अस्थिर चौथो नम्बर

भारतले पछिल्लो तीन वर्षमा अत्याधिक परिवर्तन गरेको ब्याटिङ अडर चौथो नम्बरनै हो । सुरेश रैना, मनिष पान्डे, युवराज सिंह, अम्बाती रायडू, श्रेयस ऐर हुँदै अहिले विजय शंकरलाई मैदान उतार्ने तरखरमा छ । तर पनि अझै उक्त स्थान अनिश्चित छ । केहि क्रिकेट विश्लेषकले चार नम्बरमा शंकर नभएर के एल राहुल र महेन्द्र सिंह धोनी मध्य एकलाई मैदान उतानु पर्ने बताउदै आएका छन् । भारतले अष्ट्रेलियासँग सिरिजमा धोनीलाई पनि चार नम्बर ब्याटिङमा पनि प्रयोग गर्यो ।

भारतको अधिकांश जित शीर्षक्रममा रोहित शर्मा, शिखर धवन र विराट कोहलीको प्रर्दशनमा निर्भर छ । पछिल्लो एक वर्षको प्रर्दशन हेर्दा भारतको मिडिल अडर र तल्लोक्रम कमजोर मानिन्छ । भारतले पछिल्लो एक वर्ष चौथो नम्बरमा आम्बाती रायडुलाई प्रयोग गरिएपनि विश्वकपमा सबैलाई आश्चर्यमा पार्दै टोलीमा मौका दिएन । शंकरले चौथो नम्बरमा भारतीय टोलीबाट मात्र ५ खेलमा ब्याटिङ गरेका छन् । उनीसँग राम्रो अनुभव पनि छैन । जारी आईपीएलको प्रर्दशन हेर्दा शंकरको प्रर्दशन आफैंमा चिन्ताको विषय बनि रहेको छ ।

विकल्पका ओपनर के एल राहुललाई चौथो नम्बरमा खेलाउदा भारतको बलिङ कमजोर बन्न पुग्छ । स्वंयम कप्तान विराट कोहली पनि चौथो नम्बरमा कसलाई मैदान उतार्ने भन्नेमा अन्यौलमा छन् । विश्वकप सुरु हुन दुई साता बाँकी रहेको अवस्थामा भारतले आफैं चौथो नम्बरमा कसलाई मैदान उतार्ने टुङ्गो लगाउन सकेको छैन । विजय शंकरको प्रर्दशन खराब रहे विकल्प कुन भन्ने प्रश्न पनि खडा हुने गर्दछ । यो अवस्थामा चौथो नम्बर ब्याटिङ अडर पनि भारतका लागि घातक बन्न सक्छ ।

कुलदीप र शंकरको खराब लय

प्रमुख स्पिनर कुलदीप यादव पछिल्लो समय खराव लयबाट गुज्रिरहेका छन् । केहि दिन अघि सम्पन्न आईपीएलमा कुलदिपले कोलकता नाईटराईडर्सबाट ९ खेललमा ८.६६ को ईकोनमीमा रन खर्चिंदा जम्मा ४ विकेट लिए । यो प्रर्दशनले उनको लय राम्रो देखिदैन । बेंगलोरविरुद्ध ४ ओभरमा ५९ रन खर्चिएर १ विकेट लिदै खराव प्रर्दशन गरेपछि कोलकताले कुलदीपलाई पुन: मौका दिएन ।

कुलदीपको खराब लय भारतको लागि अहिलेको ठूलो चिन्ताको विषय हो । कुलदीपको खराब लयको प्रभाव अन्य बलरलाई पनि पर्न सक्छ । एक तर्फबाट एक बलरले खराब प्रर्दशन गरि रहँदा अर्को तर्फबाट राम्रो गरिरहेको बलरलाई दवाव पर्छ । विश्वकपसम्म कुलदीपको खराब लयमा सुधार नआए भारतको लागि घातक हुन सक्छ । त्यस्तै विजय शंकरको प्रर्दशन पनि आईपीएलमा अपेक्षा गरेअनुसार हुन सकेन । चौथो नम्बरको ब्याट्सम्यानको रुपमा हेरिएको शंकरको प्रर्दशन जुन आसा गरिएको हो त्यो भन्दा खराव रह्यो । उनले आईपीएलमा हैदरावादबाट १५ खेलमा २०.३३ को औसतमा २ सय ४४ रन जोडे ।

जसमा सर्वाधिक सरकोर ४० रन मात्र रह्यो । शीर्ष क्रममा ब्याट्सम्यानको रन औसत २०.३३ हुनु भारतको लागि ठूलो चिन्ताको विषय हो । आईपीएलमा शंकरले १ विकेट मात्र लिए । जुन भारतको लागि थप चिन्ताको विषय हो । शंकर भारतीय टोलीको मिडिल अडरका प्रमुख खेलाडी तथा अलराउण्डरको रुपमा छनोट भएका हुन् ।

रोहित शर्मा, शिखर धवन र विराट कोहलीले शीर्षक्रम सम्हाल्ने छन् । विजय शंकरको कमजोर प्रर्दशनले मिडिल अडर कमजोर बन्नुका साथै तथा तल्लोक्रमका महेन्द्र सिंह धोनी र हार्दिक पान्ड्या समेत दवावमा पर्न सक्छन् । त्यसैले यी दुई खेलाडीको खराव लयले भारतको विश्वकप जित्ने सपना अधुरै बनाउन सक्छ ।

सिमित तीव्र गतिका बलर 

इंग्ल्यान्डको भुमिमा विश्वकपमा कम्तिमा भारतले चार तीव्र गतिका बलरलाई टोलीमा समेट्ने अनुमान गरिएको थियो । सबै टोलीले चार तीव्र गतिका बलर टोलीमा समेटेका पनि छन् । तर भारतले तीन तीव्र गतिका बलर मात्र टोलीमा राखेको छ । इंग्ल्यान्डको पीचमा तीव्र गतिको बलरलाई धेरै साथ मिल्छ । तर सबै खेलाडीको प्रर्दशन राम्रो हुन्छ भन्ने हुँदैन ।

कुनै खेलाडीको लय खराव पनि हुन सक्छ । यो अवस्थामा भने भारत ठूलो समस्यामा फस्ने सम्भावना बलियो छ । भारतसँग चौथो विकल्पको रुपमा कुनै पनि तीव्र गतिका बलर छैनन् । विश्वकप अघि चौथो विकल्पको रुपमा मोहम्मद सिराज, नवदीप सैनी, उमेश यादव, खलिल अहमिद मध्य एकले मौका पाउने धेरैले अनुमान गरेका थिए ।

तीव्र गतिका बलरको रुपमा भारतयि टोलीमा जसप्रित बुमराह, भुवनेश्वर कुमार र मोहम्मद सामी रहेका छन् । एक खेलाडीको खराब प्रर्दशनले अर्को बलरलाई पनि असर पुग्ने गर्दछ । खराव प्रर्दशन गरेको खेलाडीलाई बेन्चमा राखेर अर्को खेलाडी मैदान उतार्ने विकल्प भारतसँग नहुने हुँदा सिमित तीव्र गतिका बलर खेलाउने निर्णय उसको लागि विश्वकपमा घातक बन्न सक्छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु