एफए कपको उपाधि म्यानचेस्टर सिटीले जित्यो , वार्टफोर्ड ६-० ले पराजित

SHARE:
  •  
  •  
  •  

एजेन्सी । एफए कपको उपाधि म्यानचेस्टर सिटीले हात पारेको छ । शनिबार राति वेम्बली रंगशाला भएको खेलमा वार्टफोर्डलाई ६–० ले हराउँदै प्रिमियर लिग च्याम्पियन सिटीले एफए कप जितेको हो ।

सिटीलाई उपाधि दिलाउने क्रममा रहिम स्टर्लिङ ह्याट्रिक भने डेभिड सिल्भा, केभिन डि ब्रुयने र गाब्रियल जेससले समान १ गोल गरे । सन् १९०३ को सिजनमा बरीले डर्बीलाई ६–० ले नै हराएपछि एफए कपमा सबैभन्दा ठूलो अन्तरको जित हो यो ।

जितसँगै म्यान्चेस्टर सिटीले इंग्लिस फुटबलका तीनवटै मुख्य प्रतियोगिताको उपाधि जित्न सफल भयो । एफए कप अघि सिटीले लिग कप र प्रिमियर लिग उपाधि जितेको थियो ।

२६औं मिनेटमा डेभिड सिल्भाले सिटीका लागि गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ३८ औं मिनेटमा स्टर्लिङले गोल गर्दा सिटीले पहिलो हाफमा २–० को अग्रता बनाएको थियो । ब्रुयनेले ६१ औं मिनेटमा सिटीका लागि तेस्रो गोल गरेका थिए ।

एकतर्फी खेलमा ६८ औं मिनेटमा जेससले गोल गरे । खेलको अन्त्यतिर इंग्ल्यान्डका अन्तर्राष्ट्रिय स्टर्लिङले ८१ औं र ८७ औं मिनेटमा गोल थप्दै ह्याट्रिक पुरा गरे । म्यानचेस्टर सिटीले छैटौँ पटक एफए कपको उपाधि उचालेको हो भने ग्वार्डिओलाको प्रशिक्षणमा पहिलो पटक । सन् २०१६ मा म्यान्चेस्टर आएयता ग्वार्डिओलाले सिटीलाई ६ उपाधि दिलाएका छन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु