चितवन पुगेर सन्दिपले भने : ” क्रिकेट रंगशाला बनाउन सबैले सहयोग गरौ “

SHARE:
  •  
  •  
  •  

काठमाडौं । नेपाली क्रिकेटका चर्चित युवा स्पिनर सन्दिप लामिछानेले आफुले बामे सर्दै खेल सिकेको क्षेत्रमा नै अन्तराष्ट्रियस्तरको रंगशाला बन्न लाग्दा खुसी लागेको बताएका छन् । शनिबार चितवनमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सहयोगार्थ खेलकुद समिति गठन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै उनले देशमा धेरै खेल मैदानहरु वर्षौदेखि बनिरहेको तर कहिले पुरा हुने टुङगो नभएकोले सबैले सहयोग नगरे गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला पनि अलपत्र पर्ने भन्दै सबैलाई सक्दो सहयोग गर्न आग्रह गरे । अन्तराष्ट्रिय स्तरको खेल मैदान र खेलाडिको लागि राम्रो वातावरण बने देशमै बिदेशी फ्रेन्चाईज टिमलाई टक्कर दिन सकिने उनको भनाई थियो ।

साथै उनले नेपालमा नेपालमा क्रिकेट खेल्ने रंगशाला , खेलाडीका लागि खेल्ने वातावरण र खेलाडीका लागि हुनु पर्ने सुविधा लगायतको उचित व्यवस्था हुनु पर्नेमा जोड दिए । धुर्मुस सुन्तली फाउन्डेशनले जनस्तरबाट करिब ३ अर्ब लगानीमा बहुआयामिक अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्मााण गर्देछ । जसका लागि फाउन्डेशनले समेत देश तथा बिदेशमा रहेका नेपालीहरुबाट आर्थिक सहयोगका लागि अपिल गर्दै आईरहेको छ । २० विगाहा ८ कठ्ठा क्षेत्रफलमा निर्माण निर्माण गरिन लागेको उक्त रंगशालाका लागि पहिलो चरणको काम भईरहेको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु