पहिलो सिजनमै किङ रोनाल्डो इटालियन लिगको उत्कृष्ट प्लेयर घोषित

SHARE:
  •  
  •  
  •  

एजेन्सी । युभेन्टसका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो इटालीमा आफ्नो पहिलो सिजनमा नै सिरिए ए प्लेयर अफ द सिजन घोषित भएका छन् । टुरिन जायन्टसलाई लगातार आठौँ लिग उपाधि जिताउन रोनाल्डोले महत्त्वपूर्ण भूमिका खेलेका थिए । यसक्रममा उनले २१ गोल गरे ।

प्रायः सिजनको अन्त्यपछि व्यक्तिगत अवार्डहरु घोषणा गरिने भए पनि रोनाल्डोलाई भने आइतबार हुने एटलान्टाको खेलअघि नै पुरस्कार वितरण गरिनेछ । योसँगै रोनाल्डो इटाली, स्पेन र इङ्ग्ल्याण्डको लिगमा उत्कृष्ट खेलाडीको अवार्ड हात पार्ने पहिलो खेलाडी बनेका छन् । ३४ वर्षीय रोनाल्डो १० करोड युरोमा रियल म्याड्रिडबाट युभेन्टसमा अनुबन्ध भएका हुन् ।

रियल छाड्दा उनी क्लबको सर्वाधिक गोलकर्ता बनेका थिए भने उनले लगातार तीन च्याम्पियन्स लिगको उपाधि पनि जितेका थिए । त्यस्तै, इन्टर मिलानका समिर ह्यान्डानोभिचले वर्षको उत्कृष्ट गोल किपरको अवार्ड जितेका छन् ।

कालिडु काउलीबेलीसँगै उत्कृष्ट डिफेन्डरको अवार्ड हात पारे भने लाजियोका सर्जेग मिलिन्कोभिच साभिचले उत्कृष्ट मिडफिल्डर, साम्पडोरियाका फाबियो क्वाग्लिएराले उत्कृष्ट स्ट्राइकर तथा निकोलो जानिओलाले उत्कृष्ट युवा खेलाडीको उपाधि जितेका छन् ।

विश्वकप क्रिकेट विजेताले ४० लाख डलर पाउने

आगामी आईसीसी विश्वकप क्रिकेट (५० ओभर) प्रतियोगितामा विजेता हुने टोलीले ४० लाख डलर पुरस्कार राशि पाउनेछ । यो अहिलेसम्मकै क्रिकेट विश्वकप प्रतियोगिताको इतिहासमा सबैभन्दा बढी पुरस्कार रकम हो । गत विश्वकप क्रिकेट २०१५ को भन्दा केही रकम मात्रै बढोतर गरेको छ । गत विश्वकपको विजेता अस्टे«लियाले ३९ लाख ७० हजार डलर प्राप्त गरेको थियो ।

तर फिफा विश्वकप फुटबल प्रतियोगितासँग तुलना गर्दा यो रकम न्युन हो । यानि की फुटबल विश्वकपको भन्दा १० गुणा कम रकम हो । रुसमा भएको विश्वकप विजेता फ्रान्सलाई ३८ मिलियन डलर दिइएको थियो । नेपाली रुपियाँमा रुपान्तर गर्दा यो अरबौं रकममा पुग्छ ।

आईसीसीले इंग्ल्यान्डमा हुने विश्वकप क्रिकेटका लागि कूल पुरस्कार रकम १ करोड डलर मात्रै राखिएको छ । जसअनुसार दोस्रो हुने टोलीले २० लाख डलर प्राप्त गर्नेछ । त्यस्तै सेमिफाइनलमा हार्ने दुई टोलीलाई ८÷८ लाख डलर दिइनेछ । ३० मे देखि शुरु हुने प्रतियोगितामा हरेक खेलका विजेतालाई ४० हजार डलर दिने आईसीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Comments

comments

सम्बन्धित शीर्षकहरु