बिश्वकप ठिक अघि आयोजकको धमाकेदार प्रदर्शन , पाकिस्तानबिरुद्ध क्लिन स्विप

SHARE:
  •  
  •  
  •  

काठमाडौँ । इङल्याण्डले पाकिस्तानविरुद्धको एकदिवसीय क्रिकेट सिरिजमा क्लिन स्विप गरेको छ । अन्तिम तथा पाँचौ खेलमा इंग्ल्यान्डले पाकिस्तानलाई ५४ रनले पराजित गरेसँगै सिरिज ४-० ले जितेको हो ।

इंग्ल्याण्डले दिएको ३५२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४६.५ ओभरमा सबै विकेट गुमाउँदै २९७ रन मात्र बनाउन सक्यो । पाकिस्तानका लागि कप्तान सरफराज अहमेदले ९७ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् ।

इंग्ल्यान्डलाई जिताउन क्रिस वोक्सले पाँच विकेट लिए । त्यस्तै, आदिल रशिदले दुई विकेट लिए । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको इङल्याण्डले ५० ओभरमा ९ विकेट गुमाउदै ३५१ रन बनाएको थियो ।

उसका लागि जो रुटले ८४, कप्तान इयोन मोर्गनले ७६, जस बटलरले ३४, जेम्स विन्सले ३३, जोनी बेयरिस्टोले ३२, बेन स्टोक्सले २१, किस ओक्सले १३, डेभिड विल्लीले १४ रन बनाए । यस्तै, टम करनले अन्त्यमा बिस्फोट ब्याटिङ गरे । उनले २ छक्का र २ चौकाको सहयोगमा नट आउट १५ बलमा २९ रनको योगदान दिए ।

पाकिस्तानका बलर शाहीन शाह अफ्रिदीले ४ विकेट लिए भने इमाद वाशिमले ३ विकेट लिएका थिए । खेलको प्लेयर अफ द म्याच ५ विकेट लिएका इङल्याण्डका क्रिस वोक्स बने भने प्लेयर अफ द सिरिज इङल्याण्ड कै जासन रोय बने ।

Comments

comments

सम्बन्धित शीर्षकहरु