रिकी पोन्टिङ भन्छन् : ” यसपालिको क्रिकेट विश्वकप भारतले हैन इंग्ल्यान्डले जित्छ “

SHARE:
  •  
  •  
  •  

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप शुरू हुन लागेको छ र त्यसमा भाग लिने सबै १० टीमले आफ्नो सर्वोत्कृष्ट टोली र रणनीति बनाइरहेका छन् ।यसपालिको विश्वकप कसले जित्ला भनी अनेकथरी अनुमानहरू आइरहेका छन् ।

यसै क्रममा अस्ट्रेलियाका पूर्व कप्तान रिकी पोन्टिङले यसपालि इंग्ल्यान्डको चान्स उच्च रहेको बताएका छन् । इंग्ल्यान्डले अहिले कप्तान इयोज मोर्गनको नेतृत्वमा एकदिवसीयमा अद्भुत खेल प्रदर्शन गरिरहेको छ । विगत दुई वर्षयता इंग्ल्यान्डको टोली निकै बलियो भएर आएको छ ।

इंग्ल्यान्डको ब्याटिङ निकै खतरनाक छ र जुनसुकै बलिङ आक्रमणलाई पनि रुवाउन सक्ने क्षमता राख्छ । आफ्नै गृहमैदानका फ्ल्याट पिचमा जित्ने आशा इंग्ल्यान्डले पालेको छ । दुईपटक अस्ट्रेलियालाई विश्वकप जिताएका पोन्टिङले इंग्ल्यान्डको हालैको फर्म र गृहमैदानको फाइदाका कारण अरूभन्दा निकै अगाडि रहेको बताएका छन् ।

‘म दुई कारणले गर्दा इंग्ल्यान्ड छान्छु । इंग्ल्यान्डले एकदिवसीयमा अहिले निकै राम्रो खेल्न थालेको छ र विश्वकप पनि इंग्ल्यान्डमै हुन लागेको छ । त्यसैले उनीहरूलाई फाइदा हुन्छ नै । तर उनीहरूलाई भारत र अस्ट्रेलियाले चुनौती दिनेछन् ।’ हालै उसले पाकिस्तानलाई पाँच एकदिवसीय खेलको शृंखलामा ४० ले हराएको थियो र प्रत्येक खेलमा ३०० भन्दा बढी रन बनाएको थियो ।

 

यसपालिको विश्वकप राउन्ड रोबिन फर्म्याटमा खेलिनेछ । यसको अर्थ हुन्छ, प्रत्येक टीमले सबै नौवटै टीमसँग कम्तीमा एकपटक भिड्नुपर्नेछ । इंग्ल्यान्डको सम्भावना भए पनि अरू बलिया टीमले उनीहरूलाई हराउन सक्ने पोन्टिङको भनाइ छ । अस्ट्रेलियामा स्टिभ स्मिथ र डेभिड वार्नर फर्किएकाले उनीहरू पनि निकै खतरनाक टोली बनेको पोन्टिङले टिप्पणी गरे ।

क्रिकेटको विश्वकप विजेताले ४० लाख डलर पाउने

विश्वकप एकदविसीय क्रिकेट प्रतियोगिताको विजेताले ४० लाख डलर पुरस्कार पाउने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै विजेता टिमले अहिलेसम्मकै ठूलो पुरस्कार राशी पाउने उल्लेख गरेको हो । त्यस्तै, उपविजेताले भने २० लाख डलर हात पार्नेछ ।

त्यस्तै, सेमिफाइनलमा पराजित हुने दुई टिमले समान ८–८ लाख डलर पाउनेछन् । त्यस्तै, लिग राउण्डका विजेताले ४० हजार प्राप्त गर्नेछन् । विश्वकपमा पुरस्कार राशीमात्रै कुल १ करोड डलर रहेको छ ।

राउण्ड रोविनको आधारमा हुने विश्वकपमा १० टिम छन् । विश्वविजेता, अष्ट्रेलिया, इंग्ल्यान्ड, भारत, दक्षिण अफ्रिका, न्युजिल्यान्ड, पाकिस्तान, अफगानिस्तान, श्रीलंका, वेष्ट इन्डिज र बंगलादेश रहेका छन् । विश्वकप क्रिकेट यही मे ३० देखि जुलाई १४ सम्म इंग्ल्यान्ड र वेल्समा हुदैछ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु