दुखद खबर :बिश्वकप खेल्न इंग्ल्याण्ड पुगेका यी पाकिस्तानी क्रिकेटरको छोरी क्यान्सरको कारण निधन

SHARE:
  •  
  •  
  •  

एजेन्सी : इंग्ल्याण्डविरुद्ध एक दिवसीय शृंखला खेलिरहेका पाकिस्तानी मध्यक्रमका ब्याट्स्‌म्यान आसिफ अलीको छोरीको निधन भएको छ । आसिफ अलीकी छोरीको क्यान्सरको कारण निधन भएको हो । उनको अमेरिकामा उपचार हुँदै थियो । पाकिस्तान सुपर लीगमा अलीको टीम इस्लामाबाद युनाइटेडले आधिकारिक रूपमा यसको पुष्टि गरेको हो । इस्लामाबाद युनाइटेडले आइतवार राति ट्वीट गर्दै अलीको छोरीको निधनप्रति संवेदना व्यक्त गरेको हो ।

३० मेदेखि शुरू हुन लागेको विश्वकपका लागि पाकिस्तानको प्रारम्भिक टीममा नपरेका आसिफ अली अब भ्रमण छोट्याएर इंल्याण्डबाट पाकिस्तान फर्कनेछन् । २७ वर्षीय आसिफ अली आइतवार हेडिंग्लेमा इंल्याण्डविरुद्ध पाँचौं अर्थात् अन्तिम एक दिवसीय खेलमा २२ रन बनाएर आउट भएका थिए । पाकिस्तानले इंग्ल्याण्डसँग शृंखला ४-० ले गुमाएको छ ।

मध्यक्रममा ब्याट्स्‌म्यान आसिफले हालसम्म १६ वान-डे मा ३१.०९ को औसतमा ३४२ रन बनाएका छन् । उनले इंग्ल्याण्डविरुद्धको यस सिरिजको चार खेलमा दुई अर्धशतकको मदतमा १४२ रन बनाए ।

इङल्याण्डद्वारा पाकिस्तानविरुद्धको एकदिवसीय सिरिज क्लिन स्विप

इङल्याण्डले पाकिस्तानविरुद्धको एकदिवसीय क्रिकेट सिरिजमा क्लिन स्विप गरेको छ । आइतबार सम्पन्न सिरिजको अन्तिम खेलमा इङल्याण्डले पाकिस्तानलाई ५४ रनले पराजित गरेपछि सिरिज ४-० ले जितेको हो । सिरिजको पहिलो खेल बर्षाले रद्ध भएको थियो ।

इङल्याण्डले दिएको ३५२ रनको लक्ष्य पछाएको पाकिस्तानले ४६.५ ओभरमा २९७ रन बनाउदा अलआउट भएको थियो । पाकिस्तानका लागि कप्तान शर्फराज अहमदले ९७ र बबर आजमले ८० रनको उत्कृष्ट पारी खेले पनि जित भने दिलाउन सकेनन । पाकिस्तानका लागि इमाद वाशिमले २५, मोहमद हस्नैनले २८, असिफ अलीले २२ रनको योगदान गरेका थिए ।

इङल्याण्डका बलर क्रिस वोक्सले ५ विकेट लिए । उनले १० ओभरमा २ मेडनसहित ५४ रन दिएर ५ विकेट लिएका थिए । त्यस्तै आदील रशिदले २ र डेबिड विलीले एक विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको इङल्याण्डले ५० ओभरमा ९ विकेट गुमाउदै ३५१ रन बनाएको थियो । इङल्याण्डका लागि जोय रुटले सर्वाधिक ८४ रन बनाए । त्यस्तै कप्तान इयोन मोर्गनले ७६, जस बटलरले ३४, जेम्स भिन्चले ३३, जोनी बैरस्ट्रवले ३२ र टम कुरानले २९ रन बनाएका थिए ।

पाकिस्तानका बलर शाहीन शाह अफ्रिदीले ४ विकेट लिए भने इमाद वाशिमले ३ विकेट लिएका थिए । खेलको प्लेयर अफ द म्याच ५ विकेट लिएका क्रिस वोक्स बने भने प्लेयर अफ द सिरिज इङल्याण्ड कै जासन रोय बने ।

Comments

comments

सम्बन्धित शीर्षकहरु