बिश्वकप खेल्ने पाकिस्तानी टिममा ठुलो परिवर्तन , भारतलाई आछु आछु पर्ने यी दुई बलरको टिमम कमब्याक

SHARE:
  •  
  •  
  •  

काठमाडौं । पाकिस्तानले आसिफ अली, मोहम्मद अमिर र वाहब रिआजलाई विश्वकप टिममा बोलाएको छ । तीन खेलाडी यसअघि घोषित टोलीमा थिएनन् तर, इग्ल्याण्डसँग सिरिज हारेपछि आबिद अली, फहिम अशरफ र जुनिद खानको स्थानमा बोलाइएको छ ।

सोमबार पत्रकार सम्मेलन गरी पाकिस्तानी क्रिकेट टिम प्रमुख छनोटकर्ता इज्माम उल हकले टोलीमा तीन खेलाडीले स्थान पाएको बताएका छन् । ‘इग्ल्याण्डविरुद्ध हाम्रो फ्रान्टलाइन बलरको क्षमताको कमीको अर्थ परिर्वतन जरुरी थियो’ छनोटकर्ताका अध्यक्ष इन्जमाम उलहकले भनेका छन् ।

टिममा पर्न सफल आसिफ अलिले सन् २०१७ को नेपालको फ्रेन्चाईज क्रिकेट लिग एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा पोखरा राइनोजबाट खेलेका थिए । अब पाकिस्तानले अफगानिस्तान र बंगलादेशसँग अभ्यास खेल खेल्नेछ । उसले विश्वकप यात्रा भने ३१ मेमा वेष्टइण्डिजसँग खेलेर सुरु गर्नेछ ।

म्याच फिक्सिङ गरेको आरोपमा ५ वर्षे प्रतिबन्ध भोगेका तीव्र गतिका बलर अमिरले २०११ र २०१५ को विश्वकप गुमाएका थिए । रिआजले पनि जुन २०१७ को च्याम्पियन्स ट्रफीपछि एकदिवसीय खेल खेलेका छैनन् ।

पाकिस्तानको १५ सदस्य टोली:

सरफराज अहमद (कप्तान तथा विकेटकीपर), मोहम्मद आमिर, बाबर आजम, वहाब रियाज, फखार जमान, ह्यारिस सोहेल, हसन अली, ईमाद वासिम, इमाम उल हक, आशिफ अली, मोहम्मद हफिज, मोहम्मद हुसेन, सादब खान, शाहिन शाह अफ्रिदी, सोएब मालिक ।

Comments

comments

सम्बन्धित शीर्षकहरु