मेस्सीले बनाए ५० गोल गर्ने खेलाडीको कीर्तिमान रोनाल्डो आसपास छैनन्

SHARE:
  •  
  •  
  •  

एजेन्सी : बार्सिलोनाका कप्तान लियोनल मेस्सीले ५० गोल गर्ने खेलाडीको किर्तिमान बनाएका छन् । स्पेनिस ला लिगा अन्तर्गत मेस्सीले किर्तिमान बनाएको खेलमा आइतबार राति बार्सिलोना इबरसँग २—२ गोलको बराबरीमा रोकिएको छ । यसअघिनै लिग च्याम्पियन बनेको बार्सिलोनाले लिगको अन्तिम खेलमा बराबरीमा चिक्त बुझाएको हो ।

यद्यपी यस खेल मेस्सीका लागि भने ऐतिहासकि बन्यो । इबरविरुद्ध दुवै गोल गरेका मेस्सी सिजनका बार्सिलोनाका लागि सर्वाधिक ५० गोल गर्ने खेलाडी बने । मेस्सीले यो सिजन युरोपका शीर्ष पाँच क्लबमा ५० गोल पूरा गर्ने पहिलो खेलाडी हुन् । उनले बार्सिलोनाका लागि सबै खेलमा गरेर ब्यक्तिगत ५० गोल पूरा गरेका हुन् ।

यो पनि पढ्नुस् : मेसीले पाए पीचीची अवार्ड, गोल्डेन बुट पाउने सम्भावना पनि बलियो

इबर विरुद्ध मेस्सीले ३१औं र ३२औं मिनेटमागोल गरेका थिए । मेस्सीले च्याम्पियन्स लिगमा १२, स्पेनिस ला लिगामा ३६ र कोपा डेल रेमा दुई गोल गरेका थिए । जसमा उनले ४८ खेल खेले । ५० गोलसँगै मेस्सीले गोल्डेन बटुमा पनि दावेदारी प्रस्तुत गरेका छन् । मेस्सीलाई पछ्याई रहेका पीएसजीका केलियन एमबाप्पेले ४६ गोल गरेका छन् ।

बराबरीसँगै लिग च्याम्पियन बार्सिलोनाले ३८ खेलबाट ८७ अंक बनायो । दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडले ७६ बनायो । रियल म्याड्रिड तेस्रो स्थानमा रह्यो ।

मेस्सीलाई छैटौं पटक पीचीची अवार्ड

स्पेनिस ला लिगा फुटबल च्याम्पियन बार्सिलोनाका कप्तान लियोनल मेस्सीले ‘पीचीची’ अवार्ड हात पारेका छन् । बार्सिलोनाकै लुइस स्वारेज र रियल मड्रिडका स्ट्राइकर करिम बेन्जिमालाई पछि पार्दै मेस्सीले पीचीची अवार्ड हात पारेका हुन् ।

आइतबार राति लिगको अन्तिम खेलमा दुई गोल गरेका मेस्सी सर्वाधिक गोलकर्ता बने । मेस्सीले जम्मा ३६ गोल गरेका छन् भने १३ एसिष्ट गरेका छन् । स्वारेज र बेन्जिमाले लिगमा बाराबरी २१/२१ गोल गरेका छन् । अन्य लिगमा समेत गरेर मेस्सीले यो सिजन मात्रै क्लबकाल लागि ५०औं गोल गरेका छन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु