“सारेगमप”मा प्रितमले मच्चाए धमका, सलमानले गरे प्रसंम्सा, क्याट्रीनाले उठेरै गरिन तारिफ ( हेर्नुस भिडियो )

SHARE:
  •  
  •  
  •  

काठमाण्डौ :  बलिउडका चर्चित अभिनेता सलमान खानले नेपाली बाबु प्रितम आचार्यको तारिफ गरेका छन् । भारतको चर्चित सिन्गिंग रियालिटी शो सरेगमप लिटिल च्याम्प्समा नेपालका प्रितम आचार्यको तारिफ सलमान खान र कट्रिना क्याफले गरेका हुन् ।

सरेगमापा लिटिल च्याम्प्समा तहल्का मच्चाएका प्रितमलाई सलमानले चर्चित गायक उदित नारायण झा संग तुलना गरेका हुन् भने बल उदितनारायण भनेर तारिफ गरेका हुन् । जी टिभीको युट्युब च्यानलमा राखिएको कार्यक्रमको सानो प्रोमोमा यो हप्ताको एपिसोडमा सलमान खान र कट्रिना क्याफ अतिथि रहेको जानकारी आएको छ भने उक्त भिडियो क्लिपमा नेपालका प्रितमले गाएको गीत पनि हाइलाइटमा राखिएको छ ।

उक्ति एपिसोड यो हप्ताको सनिबार र आइतबार प्रसारण हुँदै छ । तर प्रितमको प्रस्तुति कुन दिन प्रसारण हुन्छ भन्ने खबर आएको छैन । नेपालको इटहरीका ११ बर्षीय प्रितम आचार्य यति बेला देश विदेशमा निकै चर्चाको पात्र बनेका छन । उनको गायकीको फ्यान यतिबेला भारतमा पनि निकै बढेका छन् ।

उसो त अडिसनमै सोनु निगमको आवाजमा रहेको बोर्डर फिल्मको ‘कि घर कव आओगे’ गीत गाएर सबैको मनमा बस्न सफल भएका थिए । भारत पाकिस्तानको सिमानामा आधारित फिल्म बोर्डरमा समाबेस यो गीत निकै चर्चित गीत हो । यो गीत गया संगै उनको चर्चा सरेगमपमा अन्य प्रतिष्पर्धीको भन्दा निकै बढी भएको थियो ।

त्यसपछि पनि प्रितमले ब्याक टु ब्याक उत्कृष्ट प्रस्तुतिउ दिएका थिए । उदितनारायणलाई आफ्नो आइडल मान्ने प्रितमको चर्चापनि उदितनारायण संगै जोडेर कार्यक्रममा आउने अतिथिहरुले गर्ने गरेका छन् । भारतका चर्चित सेलिब्रेटीहरुले पनि सामाजिक संजालमा नेपालका उदयमान बाल कलाकार प्रितमको प्रसंशामा आफ्ना सब्द खर्चेका छन् ।

नेपालका प्रितम सहित आयुस केसीले भारतका विभिन्न ठाउँबाट आएका लाखौ बाल कलाकारलाई चुनौती दिंदै आफ्नो हुनर देखाइरहेका छन् । प्रितम संगै यतिबेला टप ९ मा पुगेका नेपालका अर्का बाल कलाकार आयुष केसीले समेत आफ्नो गायकीबाट सबैको मन जितेका छन् । उनले पनि विभिन्न समयमा चार्टबास्टर पर्फमेन्स दिंदै सबैको नजर आफूतिर तानेका छन् । लाखौबाट छानिएर आएका बाल कलाकारहरु मध्ये यतिबेला टप ८ को लागि ९ जनाले प्रतिस्पर्धा गरिरहेका छन् ।

केहि हप्ताको निरन्तर प्रतिस्पर्धीले दिएको प्रस्तुतिका आधारमा जुरीजजको मुल्यांकनको आधारमा धेरै नम्बर ल्याउने अघिल्लो चरणमा जाने गरेका छन् । नेपालका बल प्रतिभा आयुष र प्रितम दुबैलाई विजेताको दाबेदार मानिएको छ । आफ्नो हुनर देखाइरहेका दुबैलाई हाम्रो तर्फबाट शुभकामना ! – सुदुर नेपाल भिडियो हेर्नुहोस ।

Comments

comments

सम्बन्धित शीर्षकहरु