पर्सी प्रधानमन्त्री केपी शर्मा ओली फेरि भारत जादै , यस्तो छ कारण

SHARE:
  •  
  •  
  •  

काठमाडौं । भारतमा सम्पन्न लोकसभा निर्वाचनमा ऐतिहासिक जित हासिल गरेको भारतीय जनताका पार्टीका संसदीय दलका नेता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यहि विहीवार पद तथा गोपनियताको सपथ ग्रहण गर्ने कार्यक्रम छ । मोदीको दोश्रो कार्यकालको सपथ ग्रहण समारोहमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुन दिल्ली जानु हुने भएको छ ।

मोदीले आफ्नो सपथमा सार्क र विम्स्टेक राष्ट्रका सरकार प्रमुखलाई निमन्त्रण दिनुभएको छ । प्रधानमन्त्री ओलीलाई मोदीको सपथको निम्तो प्राप्त भएको र सपथमा जाने तयारीमा जुटिसकेको बालुवाटार स्रोतले जनाएको छ ।

सन् २०१४ मा मोदीको पहिलो कार्यकालको सपथ ग्रहण गर्नुभएको थियो । मोदीले आगामी बिहीबार विधिवत रुपमा दोस्रो कार्यकाल सम्हाल्नेछन् । बिहीबार स्थानीय समयानुसार साँझ ७ बजे मोदीले प्रधानमन्त्री पदको शपथ लिने तय भएको छ ।

राष्ट्रपति रामनाथ कोविन्दले मोदीलाई राष्ट्रपति भवनमा शपथ गराउने कार्यक्रम सार्वजनिक भइसकेको छ । मोदी र उनको नेतृत्वको मन्त्रिपरिषद सदस्यको समथ गराइने भारतीय राष्ट्रपति कार्यालयले जनाएको छ ।

सरकारले संसदमा पेश गरेको विधेयक फिर्ता हुदैन् :अध्यक्ष प्रचण्ड

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले संसदमा पेश गरेको कुनै पनि विधेयक फिर्ता नहुने बताउनु भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले मिडिया काउन्सिल विधेयक, राष्ट्रिय मानव अधिकार आयोगसँग सम्बन्धित विधेयक फिर्ता नलिए संसद बैठकनै चल्न नदिने चेतावनी दिईरहेका बेला अध्यक्ष दाहालले सो विधेयक संसदबाट फिर्ता नहुने प्रष्टयाउनु भएको हो ।

उहाँले संसदमा पेश गरिएका सबै विधेयक संसदीय प्रक्रियाबाट पारित हुने र त्यसमा आवश्यक परिमार्जन भने गर्न आफ्नो पार्टी तयार रहेको पनि स्पष्ट पार्नु भयो । कृष्णसेन स्मृति दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले कुनै पनि विधेयकको छलफल गर्ने थलो संसद भएको र त्यहीँ विस्तृत छलफल भएपछि पारित हुने पनि स्मरण गराउनु भयो ।

कार्यक्रममा बोल्दै संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले संसदमा पेश गरिएका सबै विधेयक संविधान र अन्तराष्ट्रिय मान्यता विपरित हुने गरी नल्याएको दावी गर्नु भयो । उहाँले संचार क्षेत्रको समृद्धि हुने गरी आएको मिडिया काउन्सिल सम्बन्धि विधेयकलाई विरोध गर्नेहरु एनजीओ र आईजीओबाट परिचालित भएको आरोप पनि लगाउनु भयो ।

कार्यक्रममा अध्यक्ष दाहालले पत्रकार तथा लेखक सूर्य थापालाई ५० हजार नगदसहितको ‘कृष्णसेन स्मृति पत्रकारिता पुरस्कार’ र पत्रकार चन्द्रमान श्रेष्ठलाई २५ हजार नगदसहित ‘शक्ति–तारा स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गर्नु भएको थियो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु