कति निर्दयी आमा : भोजपुरमा यी आमाले आफ्नै छोरालाई खुकुरीले दुई टुक्क्रा पारिन

SHARE:
  •  
  •  
  •  

भोजपुर । भोजपुर सदरमुकामस्थित पानी ट्याङ्कीमा २२ महिने बालकको आफ्नै आमाले हत्या गरेकी छन् । २५ वर्षीया सम्झना थापाले २२ महिनाको छोरा सम्बोधनको हत्या गरेकी हुन् । उनले मंगलबार बिहान ७ बजेतिर घरको छतमा लगेर खुकुरीले घाँटी छिनाएर हत्या गरेकी हुन् ।

रामप्रसाद राई गाउँपालिका वासिखोरा घर भएकी सम्झनाको परिवार पानीट्याङ्की टोलमा भेनाजुको घरमा बस्दै आएको थियो । लघुवित्त कम्पनीमा काम गर्ने बालकका बाबु सूर्यबहादुर थापा भने कार्यालयको कामले सदरमुकाम वाहिर गएको पाइएको भोजपुरका प्रहरी प्रमुख डिएसपी केशवकुमार थेवेले बताए । प्रहरीले हत्यारा सम्झनालाई पक्राउ गरेको छ । घटनाको विषयमा थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

पाँचथर हत्याकाण्डको शोकमा आज बिदा

देशभरको ध्यान तान्ने गरी भएको पाँचथर हत्याकाण्डको शोकमा स्थानीय सरकार मिक्लाजुङ गाउँपालिकाले आज मंगलबार शोक बिदा दिने निर्णय गरेको छ ।

गाउँ कार्यपालिकाको बैठकले जेठ ६ गते मिक्लाजुङ–३ आरुबोटेमा भएको विभत्स हत्या भएका विद्यार्थी बालबालिकाको आत्माको चिरशान्तिको कामना गर्दै एक दिन बिदा दिने निर्णय गरेको हो । गाउँपालिकाका सबै शैक्षिक संस्थामा शोक बिदा दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष अमर माखिमले जानकारी दिए ।

हत्याकाण्डमा मारिएका नौ जनामध्ये १२ वर्षीया युहाना, १० वर्षीया मुना, आशिका र आठ वर्षीया इक्सा स्थानीय आरुबोटे माविका विद्यार्थी हुन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु