पब्जीको यो कस्तो क्रेज ! विवाह मण्डपमा बेहुला पब्जी खेल्न ब्यस्त

SHARE:
  •  
  •  
  •  

काठमाडाैं। पब्जीबारे नेपालमा पनि धेरै बहास चल्याे । सरकारले त पब्जीमाथि प्रतिबन्ध लगाउने निर्णय समेत गरेकाे थियाे तर सर्वोच्च सरकारकाे उक्त निर्णयलाई कार्यन्वयन नगर्न सर्वोच्चले आदेश दियाे । सरकारले पब्जी खेलले बालबालिकालाई मानसिक रुपमा असर पर्ने भन्दै सबै इन्टरनेट प्रदायक कम्पनी हरुलाइ पब्जी खेलमा प्रतिबन्ध लगाउन उर्दी गरेको थियो ।

सरकारले पब्जी प्रतिबन्ध लागउने निर्णय गरेपछि समाजिक सञ्जालमा धेरैले खुसी ब्यक्त गरे तर पब्जी खेल्नेले भने सरकारकाे निर्णय प्रति विराेध जनाउँदै सर्वाेच्चमा रिट दयार गरे । केही ब्यक्तिले पब्जीमा प्रतिबन्ध लगाएर सकारले इन्टरनेट प्रयोग र अभिव्यक्ति स्वतन्त्रताको मौलिक अधिकार हनन गराएको भन्दै सर्वाेच्चमा रिट दयार पछि सर्वाेच्चले पब्जीमाथि प्रतिबन्ध नगर्न आदेश दिएकाे थियाे ।

अहिले कतिपय देशमा त यो गेम प्रतिबन्ध नै लगाइएकाे छ । पब्जीमा युवाहरू कति क्रेजी हुन्छन् भन्ने कुरा एउटा नयाँ भिडियो हेरियो भने थाहा पाइन्छ । जुन भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेकाे छ । सामाजिक संजालमा भाइरल बनेको उक्त भिडियो खासगरी टीकटकमा चर्चित छ । फेसबुक र ट्वीटरमा पनि उक्त भिडियोलाई लिएर व्यंग्य गरिएको छ ।

बेहुलीको साथमा जग्गेमा बसिरहेको एक युवकले आफ्नो मोबाइल फोनमा पब्जी खेलिरहेको छ । फूलमाला र नयाँ कपडामा बेहुलीकाे वास्ता नै नगरि पब्जी खेल्नमा ब्यस्त छन् ।जग्गेमा बसिरहेको युवक पब्जी खेलिरहँदा बेहुली भने उसैतर्फ हेरेर मौन छन् ।

त्यसो त, यही वर्ष दुबईमा एक महिलाले पब्जीमा ब्यस्त आफ्ना श्रीमानलाई गेम खेल्न रोक्न खोज्दा डिभोर्स नै पाएकी थिइन् । भारतमा भने गत महिना मात्रै १६ वर्षे किशोरले पब्जी खोल्न आमाले रोकेपछि आत्महत्या नै गरेको समाचार सार्वजनिक भएको थियो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु