महाभूकम्प जान्छ भन्दै त्रास फैलाउँने ज्योतिष अर्जुन क्षेत्री पक्राउ

SHARE:
  •  
  •  
  •  

काठमाडौं– देशमा महाभूकम्प आउँछ भन्दै सर्वसाधारणमा आतंक फैलाउने ‘ज्योतिषी’ प्रहरीको फन्दामा परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंले सर्वसाधरणमा भ्रम सिर्जना (अफवाह) फैलाएको अभियोगमा ३६ वर्षीय अर्जुन क्षेत्रीलाई नियन्त्रणमा लिएको हो ।

उनले यूट्यूव भिडियोमार्फत जेठ महिनाभित्र विनाशकारी भूकम्प आउने भन्दै आतंक फैलाएका थिए ।

कतिपयले उनको अफवाहको भ्रममा परी त्रसित रहिरहेको अवस्थामा प्रहरीले मंगलबार गौशालाबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए । उनीमाथि कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

खुर्पाले हानेर छोरी गम्भीर, बुवा पक्राउ

नीलकण्ठ नगरपालिका- १४ धुवाँकोट अम्वोटेमा बुवाले खुर्पा प्रहार गरेर आफ्नै छोरीलाई गम्भीर घाइते बनाएका छन्। बलराम वस्तीले छोरी सुनिता ओस्तीलाई खुर्पा प्रहार गरेर घाइते बनाएका छन्।सुनिताको निधारमा गहिरो चोट लागेको र अहिले उपचार भइरहेको आफन्त बासुदेव भट्टले जानकारी दिए।

घटनाका प्रत्यक्षदर्शीका अनुसार सामान्य वादविवाद भएपछि बलराम वस्तीले छोरीलाई खुपार्ले हानेको थिए। सुनिताको जिल्ला अस्पताल धादिङवेशीमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको छ।

घाइते सुनिता र उनकी आमा हेटौडामा बस्थे।उनी त्यही रोजगारी गर्थिन्।उनी नागरिकता बनाउन घर आएको समयमा वादविवाद हुँदा खुर्पा प्रहार भएको बुझिएको छ।नागरिकता बनाउन बुबा बलराम वस्तीले नै बोलाएपछि हेटौडामै रहेका आमाछोरी सोमबार मात्रै धुवाँकोट घर आएका थिए।

बलरामलाई नियन्त्रणमा लिएर अनुसन्धानन सुरु गरिएको धादिङका प्रहरी प्रमुख राजकुमार बैदवारले जानकारी दिए ।

Comments

comments

सम्बन्धित शीर्षकहरु