पक्राउ परेका ज्योतिष अर्जुन क्षेत्रीको बयानले प्रहरी नै चकित !

SHARE:
  •  
  •  
  •  

काठमाडौं । ज्योतिषी अर्जुनकुमार थापा क्षेत्रीलाई प्रहरीले मंगलबार पक्राउ गर्‍याे । पक्राउ परेको क्षेत्रीलाई अहिले काठमाडौं प्रहरी परिसर टेकुमा राखिएको छ । जेठ २८ गतेसम्म प्रलय आउने ठूलो धनजनको क्षति हुने भविष्यवाणी गरेर सर्वसाधारणलाई भ्रम फैलाएको आरोपमा क्षेत्रीलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो ।

कुनै कुराहरु संयोगले मिल्यो भन्दैमा गलत रुपले अफवाह फैलाउनु गलत भएको प्रहरी अधिकारी बोगटीको भनाइ छ । ‘नेपालको कानुनमा अफवाह फैलाउने कुरालाई वर्जित गरिएको छ,’ प्रहरी नायव उपरीक्षक बोगटीले भन्नुभयो, ‘यस्ता अफवाह फैलाउनेहरुलाई १ लाख रुपैयाँ सम्मको जरिवाना र ६ महिनासम्म कैद अथवा दुवै सजायँ हुने कानुनी व्यवस्था छ ।’ कानुनको सोही व्यवस्थालाई टेकेर ज्योतिषी क्षेत्रीलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक बोगटीको भनाइ छ ।

प्रहरीको प्रारम्भिक सोधपुछमा ज्योतिषी क्षेत्रीले भविष्यवाणी गरेको स्वीकार गर्दै आफूले भनेका कुराहरु मिल्ने दाबी गरेको ज्योतिषी क्षेत्रीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । क्षेत्रीले के–कति कारणले यस्ता कुराहरु भनेर सर्वसाधारणमा भ्रम सिर्जना गरिरहेको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

अर्जुन क्षेत्रीमात्र नभएर विपद्को भविष्यवाणी गरेर सर्वसाधारणमा अफवाह फैलाउने काम अरु कसैले गर्छ भने उनीहरुलाई पनि कारबाही गरिने डिएसपी बोगटीले बताउनुभयो । साथै डिएसपी थापाले यस्ता किसिमका भ्रामक कुराहरुको प्रचार नगर्न मिडियालाई पनि अनुरोध गर्नुभएको छ । के ज्योतिषी क्षेत्रीलाई ६ महिना कैद र १ लाख रुपैयाँको जरिवाना होला त ? त्यो भने अनुसन्धान र समयले नै बताउँछ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु