रबि लामिछानेकै अगाडि इटहरीका मेयरले भने एक एक पत्रकारलाई छानि छानि ठोक्छु ( भिडियो हेर्नुस )

SHARE:
  •  
  •  
  •  

इटहरी । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले पत्रकारलाई नाकको हड्डी भाँच्ने धम्की दिएका छन् । इटहरीकै पत्रकार विराट अनुपमलाई फोन गरी नाकको हड्डी भाँच्न एक करोड छुट्याएको भन्दै धम्क्याएका हुन् ।

आफ्नो फेसबुक पोस्टमा ‘चाटुकार पत्रकार’ भनेर कमेन्ट गरेपछि किन यस्तो गरेको भनेर फोन गरेका अनुपमलाई मेयर चौधरीले, ‘तिम्रो नाकको हड्डी भाँच्नलाई एक करोड छुट्याको छु । एउटा घडेरी छुट्याको छु । तेरो नाकको हड्डी भाँचे मात्रै मलाई सन्तोष हुन्छ’ भन्दै धम्काएका हुन् ।

यसअघि कर्मचारी कुटेको र पत्रकारलाई लोपारेको विषयमा आलोचना भएको थियो । गत जेठ ८ गते मेयर चौधरीले इहटरी उपमहानगरपालिका वडा नम्बर १९ का वडा सचिव मनोज दाहाल र सब इन्जिनियर रामबहादुर खड्कालाई कुटेका थिए । त्यस्तै यो बिषयमा प्रश्न गर्दा पत्रकारहरुलाई नै अभद्र व्यवहार देखाएका थिए ।

भिडियो हेर्नुस

Comments

comments

सम्बन्धित शीर्षकहरु