ट्रम्पले गरे भारतको बेईज्जत: “भारतमा न स्वच्क्ष पानी छ न स्वच्क्ष हावा”

SHARE:
  •  
  •  
  •  

काठमाडौं । अमेरिकी राष्ट्रपति यतिबेला डोनाल्ड ट्रम्प बेलायत भ्रमणको क्रममा रहेका छन् । भ्रमणको अन्तिम दिन उनले जलवायु परिवर्तनलाई लिएर ठुलो अभिव्यक्ति दिएका छन् । उनले जलवायु परिवर्तनको सबै आरोपहरु भारत , चीन र रुसमाथि थोपरेका छन् । उनले दाबीका साथ अमेरिकामा सबै भन्दा सफा र स्वच्क्ष जलवायु भएको बताएका छन् । एक अन्तरवार्ताको क्रममा उनले जलवायु परिवर्तनको सबै दोष भारत , चीन र रुसलाई जाने आरोप लगाउदै भने यी देशहरुमा न त हावा स्वच्क्ष छ नत पानी ।

यी कुनैले पनि वातावरणप्रतिको आफनो जिम्मेवारी पुरा गरेका छैनन् । उनले प्रिन्स चार्ल्ससंग भेटघाट गर्दा उनी जलवायु परिवर्तनलाई लिएर निकै चिन्तित रहेको र अधिकांश समय चार्ल्सले यसैमा कुरा गरेको ट्रम्पले बताए । उनले अगाडी भने “भारत , चीन ,रुससहित अन्य देशहरुमा न त स्वच्क्ष पानी छ ,न स्वच्क्ष हावा छ । त्यहाँको प्रदुषणलाई लिएर पनि केही बुझन सकिन्न ।

यदि यीनका केही शहरहरुमा जानु भयो भने तपाईले साँस पनि फेर्न सक्नु हुन्न । उनीहरुले आफनो जिम्मेवारी नै पुरा गरेका छैनन्” । ३ दिने बेलायत भ्रमणमा निस्किएका ट्रम्पको यो भ्रमण पनि बिवादरहित बन्न सकेन । उनले मेगन मार्कललाई दुष्ट भनेको भन्दै बिरोध पनि भयो भने उनको बेलायत भ्रमणको क्रममा नै गर्भपतनसंग सम्बन्धित कानुन र जलवायु परिवर्तनको समयमा लिएर ट्रम्पको बिरोधमा नाराबाजी समेत भएको थियो । एजेन्सीको सहयोगमा

Comments

comments

सम्बन्धित शीर्षकहरु