प्रितम आचार्य र आयुष केसीले जित्न सकेनन् भारतीय रियालिटी शो

SHARE:
  •  
  •  
  •  

काठमाडौं : भारतीय जी टिभीमा सञ्चालित भारतीय रियालिटी शो रियालिटी शो सारेगमप लिटिल च्याम्पमा नेपालका प्रितम आचार्यले तेस्रो स्थान बनाउन सफल भएका छन् । अर्का नेपाली बालक आयुष केसी भने चौथो भएका छन् ।

सुनसरीको इटहरी उपमहानगरपालिका ५ का प्रितमको प्रस्तुतिले अडिसनदेखि नै जजहरुलाई निकै प्रभाव पारे पनि तेश्रो स्थानमा उनले चित्त बुझाउनुपरेको छ । प्रितमले ४ वर्षको हुँदादेखि नै गीत गाउन थालेका थिए । उनको जन्म २०६५ जेठ १० गते भएको थियो । उनी हाल कक्षा ६ मा अध्ययनरत छन् ।

प्रितमले २०७३ मा नेपालमै भएको सुरशाला जुनियर आइडलमा दोस्रो स्थान प्राप्त गरेका थिए । कार्यक्रमको फाइनलमा ६ जना पुगेका थिए । फाइनलमा पुगेका ६ जनामध्ये सुगन्धा दातेले उपाधि जितेकी छन् । त्यसैगरी मोहम्मद कैफ दोस्रो भएका छन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु