भारतलाई लाग्यो ठुलो झड्का , शानदार प्रदर्शन गरिरहेका ओपनर शेखर धवन बिश्वकपबाटै आउट

SHARE:
  •  
  •  
  •  

काठमाडौं । बिश्वकप क्रिकेटमा शानदार प्रदर्शन गरिरहेको भारतलाई ठुलो झड्का लागेको छ । अष्ट्रेलिया बिरुद्ध शानदार शतक बनाएर टिमलाई जित दिलाउने ओपनर सेखर धवन अौलामा लागेको चोटको कारण बिश्वकपबाटै अाउट भएका छन् । चोटकै कारण उनले अष्ट्रेलियाबिरुद्धको खेलमा फिल्डिङ गर्ने सकेका थिएनन् ।

नाथन कुल्टर नाईलको बलमा घाइते भएका धवनको अौलाको स्यान गरिएको थियो । डाक्टले अब यो चोट ठिक हुन तिन हप्ता अाराम गर्नु पर्ने बताएसँगै धवनको बिश्वकप यात्रा समाप्त भएको हो । धवन बिश्वकपबाट अाउट भएसँगै उनको स्थानको लागि तिन खेलाडी दाबेदार रहेका छन् । यी तिन खेलाडी अजिंक्य रहाणे , श्रेयस एैयर र रिसब पन्त हुन् ।

रहाणे यतिबेला ईङ्ल्याण्डमा नै काउण्टी क्रिकेट खेलिरहेका छन् । जसमा उनले शानदार शतक समेत बनाएका थिए । तर धवनको स्थानमा कसले खेल्न पाउछ अहिलेसम्म बिसिसिअाईले उक्त नाम सार्वजनिक गरेको छैन ।

भारत : विराट कोहली (कप्तान) रोहित शर्मा, शिखर धवन, केएल राहुल, विजय शंकर, महेन्द्रसिंह धोनी, केदार ज्यादव , दिनेश कार्तिक, युज्भेन्द्र चाहाल, कुलदिप यादव, भुवनेश्वर कुमार, जस्प्रीत बुम्राह, हार्दिक पाण्ड्या, रविन्द्र जडेजा, मोहम्मद शामी

Comments

comments

सम्बन्धित शीर्षकहरु