फाप डुप्लेसिले खोले एबि डिभिलर्स बिश्वकप खेल्ने टिममा नपर्नुको भित्रि कारण, हेर्नुस यस्तो छ

SHARE:
  •  
  •  
  •  

काठमाडौं । बिश्वकप क्रिकेटमा दक्षिण अफ्रिका खराब प्रदर्शन गरिरहेको छ । जारी विश्वकपमा लगातार ३ खेल हारेर चौथो खेलमा दक्षिण अफ्रिकाले वर्षाका कारण खेल रद्ध भएपछि वेस्ट इण्डिजसँग अंक बाड्यो।

पूर्वकप्तान डिभिलियर्सले विश्वकप क्रिकेटमा खेल्ने इच्छा टिम घोषणा हुनुभन्दा अघि नै फोन गरेर आफूलाई भनेको मुख्य प्रशिक्षक ओटिस गिप्सनले खुलासा गरेका छन् । उनले भनेका छन्, ‘साँचो भन्नु पर्दा डिभिलियर्सले मलाई फोन गरेका थिए । यो टिम घोषणा हुने दिनको बिहान थियो । त्यो दिन डिभिलियर्सले स्पष्ट भनेका थिए कि म विश्वकपको लागि फर्किन चाहन्छु ।’

दक्षिण अफ्रिकाका विकेट किपर फाप डुप्लेसिसले सन्यास फिर्ता लिएर एकदिवसीय विश्वकप खेल्ने एबी डिभिलियर्सको प्रस्ताव निकै ढिलो आएको बताएका छन् । विश्वकपमा दक्षिण अफ्रिकाले लगातार हार व्यहोरिरहेका बेला टिम घोषणाको पूर्व संध्यामा डिभिलियर्सले सन्यास फिर्ता लिएर विश्वकप खेल्ने प्रस्ताव राखेको खबर बाहिरिएपछि निकै चर्चा भइरहेको छ ।

सोमबार वर्षाले बिथोलिएको वेष्ट इण्डिजविरुद्धको खेलपछि फाप डुप्लिेसिसले यसबारे बोलेका छन् । उनका अनुसार आईपीएल भइरहँदा डिभिलियर्सले फोन गरेर आफ्नो दिमागमा के चलिरहेको छ भन्ने सुनाएका थिए । विश्वकपका लागि १५ सदस्यीय टोली घोषणा पूर्व डिभिलियर्सले फेरि कल गरेका थिए । ‘टिम घोषणा गर्ने अघिल्लो रात फोन आएको थियो’ उनले भने ।

‘मैले उनलाई भने कि निकै ढिला भयो तर म भोलि विहान प्रशिक्षक र छनोटकर्तासँग कुरा गर्छु । जब मैले कुरा गरेँ, उनीहरु पनि ढिलो भयो भन्नेमा सहमत थिए ।’

दक्षिण अफ्रिका : फाफ डु प्लेसिस (कप्तान) हसिम अमला, क्विनटन डी कक, जेपी डुमिनी, एडिन माक्राम, डेभिड मिल्लर, लुंगी नेग्दी, एन्रिच नोर्टेज र एन्डिले फेहलुकवेओ, ड्वाने प्रिट्रोउस, कागीसो राबडा, ताब्रेइज शामी, डेल स्टेन,इमरान ताहिर, भान डेर डुसेन

Comments

comments

सम्बन्धित शीर्षकहरु