धवन घाईते हुदाँ चम्कियो ऋषभ पन्तको भाग्य , धवनको स्थानमा खेल्न इंग्ल्याण्ड पुगे पन्त

SHARE:
  •  
  •  
  •  

काठमाडौं । यतिबेला विश्वकप क्रिकेट खेल्न भारतिय टिम इंग्ल्याण्डमा रहेको छ । सुरुवाति दुई खेलमा जित हासिल गर्दै भारतले बिश्वकपमा शानदार सुरुवात गरेको छ । तर औंलामा चोट लागेपछि शिखर धवन ३ साताका लागि मैदान बाहिर बस्नुपर्ने भएपछि भारतीय क्रिकेट टोलीमा ऋषभ पन्तले मौका पाउने भएका छन् । ऋषभ पन्त टिममा सामित हुन इंग्ल्याण्ड तर्फ प्रस्थान गरिसकेका छन् ।

यसअघि नै १५ सदस्यीय भारतीय टोलीमा रिषभ पन्त नपरेकोमा भारतीय टिमका चयनकर्ताको आलोचना भएको थियो । अष्ट्रेलियाली तीव्र बलर नाथन कुल्टर नाइलको बलले शिखरको हातमा चोट लागेको थियो। चोट लागे पनि उनले अष्ट्रेलियाविरुद्ध आउट नहुँदासम्म खेलेका थिए। यद्यपि बलिङ भने गरेका थिएनन्। धवनको स्थानमा पन्त अाएपनि धवन इंग्ल्याण्डमा नै उपचार गराउने छन् ।

अब उनको ठाउँमा ओपनिङ्गमा केएल राहुलले जिम्मेवारी पाउन सक्ने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। यसअघि धवन रोहित सिंहसँग ओपनिङ्गमा मैदानमा उत्रिँदै आएका थिए। ऋषभ पन्तले भने मध्यक्रममा खेल्ने अनुमान गरएको छ ।

अस्ट्रेलियाविरुद्धको खेलमा सतक जोडेका भारतीय ओपनर शिखर धवन औला भाँचिएका कारण तीन साता क्रिकेट खेल्न नसक्ने भएका छन् । अस्ट्रेलियाविरुद्धको खेलकै दौरान ब्याटिङ गर्दा औला भाचिएपछि उनको साटो फिल्डिङका लागि रवीन्द्र जडेजा मैदानमा आएका थिए ।

अस्ट्रेलियाविरुद्धको खेलमा उनले १ सय ९ बलमा १ सय १७ रन जोडेका थिए । कम्तीमा तीन साता बाहिर बस्नुपर्ने भएपछि उनले पहिलो चरणका सबै खेल गुमाउने छन् । पहिलो चरणअन्तर्गत भारतले जुलाई २ मा बंगलादेशसँग अन्तिम खेल खेल्दैछ । यस्तोमा भारत अघिल्लो चरणमा बढे र चोट निको भएमात्र उनी विश्वकपमा फर्किन पाउने छन् ।

अस्ट्रेलियालाई स्मिथको आशा

अस्ट्रेलियाका पूर्वकप्तान स्टेभन स्मिथ बुधबार पाकिस्तानसँग हुने विश्वकपमा भरपर्दा ब्याट्सम्यान हुन्। १२ महिनाको अन्तर्राष्ट्रिय प्रतिबन्धका बावजुद स्मिथले ब्याटिङ राम्रो प्रदर्शन गरिरहेका छन्। उनको पुनरागमनपछि नै उत्साहित बनेको अस्ट्रेलियाले हरेक खेलमा स्मिथबाट ठूलो इनिङ आशा पनि राखिरहेको छ।

टोलीको आशाअनुरूप नै स्मिथले विश्वकपमा खेलेका तीन खेलमध्ये दुईमा राम्रो प्रदर्शन गरेका थिए। अफगानिस्तानसँगको पहिलो खेलमा स्मिथ १८ रनमा आउट भएका थिए। त्यससँगै विश्वकपमा उनको सुरुआत राम्रो बन्न सकेन। तर, वेस्ट इन्डिजविरुद्धको दोस्रो खेलमा भने स्मिथले अर्धशतक प्रहार गरे।

स्मिथकै ७३ रनको मद्दतमा अस्ट्रेलियाले २ सय ८८ रन जोडेको थियो। उक्त खेलमा अस्ट्रेलियाले वेस्ट इन्डिजविरुद्ध १५ रनको साँघुरो जित निकालेको थियो। भारतविरुद्धको तेस्रो खेलमा पनि स्मिथले ६९ रनको इनिङ खेलेका थिए। उक्त खेलमा ६ चौका र १ छक्का प्रहार गरेका स्मिथले बलरलाई दबाबमा राखे पनि भारतका भुवनेश्वर कुमारको बलमा आउट भएका थिए।

यद्यपि, त्यो खेलमा अस्ट्रेलियाले ३६ रनले नतिजा भारतलाई सुम्पिएको थियो। चौथो खेलअन्तर्गत अस्ट्रेलिया बुधबार इङ्ल्यान्डको टाउनटनमा पाकिस्तानविरुद्ध उत्रदै छ। अस्ट्रेलियाले पाकिस्तानविरुद्ध जित निकाल्न स्मिथको प्रदर्शनमा पनि निर्भर रहन्छ। स्मिथ एकदिवीय क्रिकेटमा निकै भरपर्दा ब्याट्सम्यानका रूपमा चिनिने गर्छन्।

उनले सन् २०१५ को विश्वकपमा पनि लगातार पाँचौं खेलमा अर्धशतकभन्दा माथिको योगदान दिएका थिए। सोही प्रेरित अस्ट्रेलियाले पाँचौं पटक उपाधि जितेको थियो। सन् २०१५–०१७ सम्म छोटो फरम्याटको क्रिकेटमा पनि उनले आफूलाई प्रमाणित गरेका थिए। उनी बलरको सहजै गल्ती पत्ता लगाउँदै रन बटुल्ने क्षमता राख्दछन्। त्यसैले पाकिस्तानी बलर उनीमाथि निकै सजक हुनेछन्। पाकिस्तानी बलर पनि उनलाई छिट्टै आउट गदै अस्ट्रेलियालाई विशाल स्कोर बनाउनबाट रोक्ने प्रयास गर्नेछन्।

Comments

comments

सम्बन्धित शीर्षकहरु