भारतिय टिम भित्र किचलो ! धवनको स्थानमा इंग्ल्याण्ड पुगेका ऋषभ पन्तलाई ड्रेसिङ रुममा छिर्न दिईएन

SHARE:
  •  
  •  
  •  

एजेन्सी । भारतीय क्रिकेट टिमका ब्याटिङ प्रशिक्षक सञ्जय बांगरले ओपनर ब्याट्सम्यान शिखर धवन अझै बाट बाहिर नभएको बताएका छन् ।अस्ट्रेलियाविरुद्धको खेलमा धवनको औँला फ्याक्चर भएको थियो । प्रशिक्षक बांगरले धवन १०–१२ दिनमा ठिक हुने पनि बताए ।

अहिले विकल्पको रुपमा ऋषभ पन्त इंग्ल्याण्ड आएको बताउँदै खेलाडी परिवर्तनबारे अन्तिम निर्णय केही समयपछि लिइने पनि बताए । उनले भने, ‘ऋषभ पन्त केही समय म्यानचेस्टरमै हुने छन् ।’

पत्रकारसँग कुरा गर्दै बांगरले भने, ‘धवनको औंलामा लागेको चोटको चिकित्सकहरुले निगरानीमा राखेर उपचार गरिरहेका छन्, उनी ठिक हुन १०–१२ दिन लाग्न सक्छ । हामीले उनलाई सहयोग गरिरहेका छौँ, अहिले विकल्पको रुपमा विजय शंकरलाई लिन सक्छौं, ब्याक अपका लागि ऋषभ पन्त छन् ।’

विकेट कीपर ब्याट्सम्यान ऋषभ पन्त शिखर धवनको विकल्पको रुपमा इंग्ल्याण्ड प्रस्थान गरिसकेका छन् । तर अझै पनि टिम म्यानेजमेन्ट कमिटिले धवनलाई परिवर्तन गर्ने मनस्थिति बनाएको छैन जसका कारण धवनलाई इंग्ल्याण्डमै उपचार गराउन लागिएको हो । शिखर धवन विश्वकपबाट पूर्ण रुपमा बाहिर नभएसम्म पन्तलाई इण्डियन ड्रेसिंग रुपमा प्रवेशको मौका दिइएको छैन ।

बीसीसीआईको मेडिकल टिमले भने धवनले न्यूजिल्याण्ड र पाकिस्तानविरुद्ध नखेल्ने बताइसकेको छ । आइतबार अस्ट्रेलियाविरुद्धको खेलमा धवनले शानदार ११७ रनको पारी खेलेका थिए । जुन खेलमा भारत ३६ रनले विजयी हुँदा उनी म्यान अफ दी म्याचसमेत भएका थिए ।

विश्वकप लागि छानिएको भारतीय टीममा पन्तलाई स्थान नमिलेपछि क्रिकेट जगद विभाजित भएको थियो । एक पक्षले पन्तलाई टीममा राख्नुपर्ने दबाब दिएको थियो भने अर्काे पक्षले चयनकर्ताको फैसला ठीक रहेको भनेका थिए ।

पन्त पाकिस्तानसँग जुन १२ मा हुने खेलमा सहभागी हुने सम्भावना छ । तर बाँकी खेलमा धवनको उपलब्धतालाई लिएर टीम प्रबन्धकको अन्तिम फैसला नआउँदासम्म उनलाई विकल्पका रुपमा टीममा राखिने छैन । पन्त पछिल्लो एक वर्ष यता प्रभावशाली प्रदर्शन गर्दै आएका छन् ।

ब्याटिङ गर्दा अस्ट्रेलियाका नेथन कुल्टर नाइलको बाउन्सर बलले हातको औंलामा चोट लागेको थियो । पछि एक्स रे गर्दा फ्याक्चर भएको पत्ता लागेको हो । उनी पहिलो इनिङमा घाइते भएपछि अस्ट्रेलियाविरुद्ध भारतले बलिङ गर्दा उनी पुरै ५० ओभर पेभेलियनमा बसेका थिए । उनको ठाउँमा रवीन्द्र जडेजाले फिल्डिङ गरेका थिए ।

Comments

comments

सम्बन्धित शीर्षकहरु