भारतलाई खेल जिताउन आईसिसीले यस्तोसम्म गर्ने रहेछ , पाकिस्तानी कप्तानले गरे खुलासा

SHARE:
  •  
  •  
  •  

काठमाडौं : आइतबार भारत र पाकिस्तानबीच जारी विश्वकपमा भारत र पाकिस्तानको पहिलो भेट हुँदैछ। खेल अगाडि पाकिस्तानका क्रिकेट कप्तान सरफराज अहमदले पिचलाई लिएर असन्तुष्टि व्यक्त गरेका छन्। उनले आइसिसीले भारतीय टोलीलाई अनुकुल हुनेगरी पिच बनाएको आरोप लगाएका छन्।

उनले अस्ट्रेलियासँग भएको खेलमा पनि पिचप्रति असन्तुष्टि जनाएका थिए। उनले पिच निरिक्षणपछि आफ्नो असन्तुष्टि जनाएका थिए। रिपोर्टका अनुसार सो पिच फास्ट बलरहरूलाई सहयोग मिल्ने किसिमको रहेको बताएका थिए।

सो खेल अस्ट्रेलियाले ४१ रनले जितेको थियो। सो खेलमा अस्ट्रेलियाले शानदार सुरूवात गरेपनि पाकिस्तानले राम्रो बलिङ गर्दै ३०७ रनमा समेटेको थियो। यस खेलमा मोहम्मद आमिरले १० ओभर बलिङ गर्दै ३० रन खर्चेर ५ विकेट लिएका थिए। त्ससैगरी जवाफी ब्याटिङ गर्दै पाकिस्तान ४५.४ मा २६६ ओभरमा समेटिएको थियो। त्यसअघि पनि भारत वेस्ट इण्डिजसँग १०५ रनले पराजित भएको थियो।

मिडिया रिपोटस्का अनुसार आईसिसीले बनाएको पिच उनीहरूको खेल अनुकुल नहुने नभएको उनको आरोप छ। यसैगरी उनले आईसिसीका प्रतियोगिताहरूमा भारतलाई सधैं उनीहरूका ब्याट्स्म्यान तथा स्पिनरहरूलाई सहयोग पुग्ने पिच मिल्ने गर्छ। स्मरणिय रहोस इण्डियाले आफ्ना दुई खेलमा शानदार प्रदर्शन गर्दै क्रमशः दक्षिण अफ्रिका तथा अस्ट्रेलियालाई पराजित गरेको थियो।

वर्षाका कारण भारत र न्युजिल्याण्डबीचकाे खेल रद्द, अंक बाँडियाे

आईसीसी एक दिवसीय विश्वकप अन्तर्गत भारत र न्युजिल्याण्डबीचको खेल वर्षाका कारण रद्द भएको छ । नटिङघमको ट्रेन्ट ब्रिजमा हुनुपर्ने खेल लगातार वर्षा भएपछि टस नै नभइ रद्द गरिएको हो ।खेल रद्ध भएपछि दुवै टिम एक-एक अंक बाँड्न बाध्य भएका छन् । एक अंक जोडेको न्युजिल्याण्ड ४ खेलबाट ७ अंकसहित राउण्ड रोबिन प्रणालीमा जारी विश्वकपको शीर्ष स्थानमा यथावत छ ।

भारत भने ३ खेलमध्ये दुई वटामा जित र एउटामा अंक बाँडेर ५ अंकसहित तालिकाकाे तेस्राे स्थानमा छ । वर्षाका कारण दुवै टोलीले अपराजित यात्रालाई कायमै राखेका छन् । दुवै टोली जारी विश्वकपमा अहिलेसम्म पराजित भएका छैनन् ।

भारतले यसअघिका खेलमा दक्षिण अफ्रिका र अष्ट्रेलियालाई पराजित गरेको थियो भने न्युजिल्याण्डले श्रीलंका, बंगलादेश र अफगानिस्तानलाई पराजित गरेको थियाे। विश्वकपमा अर्को खेल भारतले आइतबार पाकिस्तानसँग खेल्नेछ भने न्युजिल्याण्डले बुधबार दक्षिण अफ्रिकाविरुद्ध खेल्नेछ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु