लगातारको बर्षाले खल्लो बन्यो बिश्वकप , गलत समयमा बिश्वकप खेलाएको भन्दै आईसिसिको चर्को आलोचना

SHARE:
  •  
  •  
  •  

काठमाडौं । इंग्ल्यान्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारत र न्यूजिल्यान्डबीचको खेल वर्षाले रद्द भएको छ । नटिङ्घमस्थित ट्रेन्ट ब्रिज रंगशालामा बिहीबार बिहानैदेखि वर्षा भएपछि खेल अन्तिम समयमा रद्द भएको घोषणा गरिएको हो ।

खेलमा टसको निर्णयसमेत हुन सकेन । खेल रद्द हुँदा दुवै टिमले एक/एक अंक पाएका छन् । अहिलेसम्म जारी विश्वकपमा चारओटा खेल वर्षाले गर्दा रद्द भएका छन् । विश्वकपको इतिहासमा सबैभन्दा बढी खेल रद्द हुने यो नै पहिलो हो ।

खेल निरन्तर रद्द हुँदा विश्वकपको रौनकसमेत घट्दै गएको छ । उता सामाजिक संजालमा भने अाईसिसिको अर्को अालोचना समेत भईरहेको छ । गलत समयमा बिश्वकप अायोजना गरेको खाली दिन नराखेको भन्दै क्रिकेट प्रेमिले अाईसिसीको अालोचना गरेका छन् ।

१० टोली सहभागी विश्वकपमा भारत र न्यूजिल्यान्डमात्र अपराजित छन् । ४ खेलबाट ७ अंक जोडेको न्यूजिल्यान्ड शीर्ष स्थानमा छ भने ३ खेलबाट ५ अंकको भारत तेस्रो स्थानमा पुगेको छ । ४ खेलबाट ६ अंकको अष्ट्रेलिया दोस्रो स्थानमा छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु