कोहलीको कारण ऋषभलाई भारतिय ड्रेसिङ रुममा नो इन्ट्री, घाईते भएपनि धवनलाई नै टिममा राख्ने मोडमा बिराट

SHARE:
  •  
  •  
  •  

एजेन्सी : एतिबेला विश्वकप क्रिकेट खेल्न इंग्ल्याण्डमा रहेको भारतिय टिमका ओपनर ब्याट्सम्यान शिखर धवन चोटग्रस्त भएका छन् । अस्ट्रेलियाविरुद्धको खेलमा सतक जोडेका भारतीय ओपनर धवन औला भाँचिएका कारण तीन साता क्रिकेट खेल्न नसक्ने डाक्टरहरुले बताईसकेका छन् ।

धवनको स्थानमा खेल्न ऋषभ पन्त इंग्ल्याण्ड पुगिसकेका छन् । तर उनले भारतिय ड्रेसिङ रुममा भने छिर्न पाएका छैनन् । भारतिय कप्तान बिराट कोहली ऋषभ पन्तलाई भन्दा शेखर धवनलाई नै टिममा राख्न चाहेकोले इंग्ल्याण्ड पुगे पनि ऋषभ पन्तले टिममा सामेल हुन नपाएको भारतिय मिडियाको दाबी छ । किनकी धवनले अाईसिसीको प्रतियोगितामा शानदार प्रदर्शन गर्ने गरेका छन् । कोहलीले सेमिफाइनल अगाडि धवन ठिक हुने अाश गरेका छन् ।

कप्तान कोहलीले धवन सेमीफाईनलअघि नै उपलब्ध हुने बताएर अप्रत्यक्ष रुपमा भारतीय टोली सेमीफाइनल पुग्ने दाबीसमेत गरेका छन् । ‘धवन सेमीफाइनलअघि नै ठीक हुने आशा गरेका छौ । धवनको औलामा केही दिनसम्म प्लास्टर रहने छ । तर उनी छिट्टै भारतीय टोलीको हिस्सा हुनेछन्,’ न्युजिल्याण्डविरुद्धको खेल रद्द भएपछि पत्रकारसँगको कुराकानीमा कोहलीले भने ।

उता भारतिय ब्याटिङ कोचले पनि धवन १०/१२ दिनमा ठिक हुने र सेमिफाइनलका खेलहरु खेल्न सक्ने बताएका छन् । अहिले विकल्पको रुपमा ऋषभ पन्त इंग्ल्याण्ड आएको बताउँदै खेलाडी परिवर्तनबारे अन्तिम निर्णय केही समयपछि लिइने पनि बताए । उनले भने, ‘ऋषभ पन्त केही समय म्यानचेस्टरमै हुने छन् ।’

पत्रकारसँग कुरा गर्दै बांगरले भने, ‘धवनको औंलामा लागेको चोटको चिकित्सकहरुले निगरानीमा राखेर उपचार गरिरहेका छन्, उनी ठिक हुन १०–१२ दिन लाग्न सक्छ । हामीले उनलाई सहयोग गरिरहेका छौँ, अहिले विकल्पको रुपमा विजय शंकरलाई लिन सक्छौं, ब्याक अपका लागि ऋषभ पन्त छन् ।’

स्मरण रहोस यसअघि नै १५ सदस्यीय भारतीय टोलीमा रिषभ पन्त नपरेकोमा भारतीय टिमका चयनकर्ताको आलोचना भएको थियो । अस्ट्रेलियाविरुद्धको खेलकै दौरान ब्याटिङ गर्दा औला भाचिएपछि उनको साटो फिल्डिङका लागि रवीन्द्र जडेजा मैदानमा आएका थिए |

पहिलो चरणअन्तर्गत भारतले जुलाई २ मा बंगलादेशसँग अन्तिम खेल खेल्दैछ । यस्तोमा भारत अघिल्लो चरणमा बढे र चोट निको भएमात्र उनी विश्वकपमा फर्किन पाउने छन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु